उपेन्द्र गोले
रौतहट २७ भदौ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिको १२ औ बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर—३ रतौली गैडाटारमा २०६६ सालमा स्थापना भएको सो सामुदायिक वनको १२ औ साधारण सभाले नया नेतृत्वको समेत चयन गरेको छ । तत्कालिन अध्यक्ष सन्त बहादुर पाख्रिनको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको आर्थिक प्रतिवेदन सचिव भोज माया मोक्तानले प्रस्तुत गर्नु भएको थियो भने आफ्नो कार्यकालमा भएका कार्यहरु र भावी कार्य योजना सचिव सविना योञ्जनले प्रस्तुत गर्नु भएको थियो । १२ औ साधारण सभाले मकर बहादुर बलको अध्यक्षमा ११ सदस्यीय नया कार्य समिति समेत चयन गरेको छ । समितिका उपाध्यक्षमा भोजमाया मोक्तान , सचिव निशा तामाङ , कोषाध्यक्ष फुल कुमारी पाख्रिन , सहसचिव विकास वाइबा , सदस्यहरुमा सुकुमाया वाइबा , सविना भोलन , जोग माया घिसिङ , प्रनिस मोक्तान , कान्छि माया थोकर , र दिल बहादुर लोप्चन निर्वाचित भएको तत्कालिन अध्यक्ष सन्त बहादुर पाख्रिनले जानकारी दिनु भयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुर नगरका अध्यक्ष राम बहादुर घलान , गैडाटार सव डिभिजन वन कार्यालयका अब्दुलाहा साह , कालापानी सामुदायिक वनका अध्यक्ष गोपाल फुयल लगायत उपभोक्ताहरुको सकभागीता रहेको थियो ।