बचेलाल बैठा
२०७८ भदौ ३०गते रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट ५१ थान चिरान कडी बन कर्मचारीले बरामत गरेको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार हिलेखोलाबाट सो परिणामका चिरान काठ बरामत गरेको सवडिभिजन बन कार्यालय गैडाटारले जनाएको छ ।
बुधबार विहान वन कर्मचारी रनजित राय यादब र जमदार जयलाल पटेलको नेतृवमा गएको वन गस्ती टोलिले हिलेखोला जंगलबाट साल जातको चिरानको ५१ थन ४६.०४ क्युफिट कडी बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । वन गस्ती टोलिले एक जना मानिससहित ११ थान साईकल समेत पक्राउ गरेको बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाको वडा नं— ३ सुत्नेखोला बस्ने ४३ वर्षिय लाल बहादुर बम्जन पक्राउ परेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।