रौतहट ३० भदौ । रौतहटको मौलापुरमा बुधबार बहुप्राविधिक शिक्षालय ल्याबको उद्घाटन गरिएको छ । मौलापुर नगरपालिकाका नगर प्रमुख रिना साहले बुधवार एक कार्यक्रमकाबीच ल्याबको उद्घाटन गर्नु भएको हो । २० लाखको लागतमा फिजिक्स ल्याब केमेस्ट्री ल्याब र सिभिल सर्भे ल्याबको उद्घाटन गर्नुका साथै निरिक्षण समेत नगर प्रमुख साहले गर्नु भएको थियो । बिधार्थीहरुको पठन पाठनमा आधुनिक ल्याब निर्माणले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने नगर प्रमुख साहको दावी रहेको छ । मौलापुर बहुप्राबिधिक शिक्षालयमा आवश्यक पर्ने अन्य सामाग्रीहरु समेत सहयोग गर्ने साहले प्रतिबद्धता ब्यक्त गर्नु भयो । सो कार्यक्रमा मौलापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख स्थानीय नेता तथा मौलापुर बहूप्राबिधिक शिक्षालयको कर्मचारीहरुको सहभागीता रहेको थियो ।