रौतहट १ असोज ।
रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको विहिबार भदौ ३१ गते बसेको बैठक अबैधानिक अराजक तत्वहरुको भेला मात्र भएको जनाएको छ । विहिबार ईशनाथ नगरपालिकाको वडा नम्बर ५ स्थित शैलेन्द्र साहको घरमा बसेको एमालेको विस्तारित बैठक जिल्ला कमिटिसँग समन्वयन नगरि अन्य राजनितिक दलहरुसँग साठगाठका साथ नियोजित तरिकाले एमालेको बदनाम गराउने हेतुले गराएको नेकपा एमाले ईशनाथ नगर कमिटिका अध्यक्ष मोहन मेहताले एक विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय पार्टीलाई कमजोर बनाउन अन्य दलसँग आन्तरिक रुपमा साठगाठ राखेर पार्टी भित्रका केही अराजक तत्वहरुले पार्टीको बैधानिक कमिटि र जिल्ला कमिटिसँग समेत समन्वय नगरी एकलौटी रुपमा गरेको बैठक र सो बैठकले गरेका निर्णयहरु पर्टीको मर्म र विधान विपरित भएको मेहताको भनाई रहेको छ । पार्टीलाई कमजोर र बदनाम गराउने गरि पुन यस्ता क्रियाकलापहरु नगर्न र गरेमा पार्टीको विधान अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने अध्यक्ष मेहताले जानकारी दिनु भयो । भलौ ३१ गते बसेको बैठक अबैधानिक र सो बैठकले गरेका निर्णयहरुबाट भ्रम मात्र छर्ने काम भएकोले पुरानो कमिटि नै बैधानिक कमिटि भएको सम्पुर्ण पार्टीका नेता तथा कार्यकर्ताहरुलाई मेहताले विज्ञप्तिमार्फत जानकारी दिनु भयो ।