मोटरसाईकल र साईकल चोरीको अभियोगमा २ जनालाई प्रहरीद्वारा पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


बचेलाल बैठा
असोज ०१,रौतहट
रौतहटमा चोरीको घटना बृद्धि हुदै गईरहेको छ । रौतहटको प्रहरी निगरानी बढाउदा पनि चोरीको घटना न्युन हुन सकिरहेको छैन । यस्ता घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी ,सशस्त्र प्रहरी सिमानाकामा पनि निगरानी बढाएको छ ।

यसै क्रममा शुक्रबार रौतहटबाट चोरिएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चोरी गरि गईरहेको रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर–५ बस्ने १९ वर्षीय रुपक झालाई चोरिएको मोटरसाइकलसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।रौतहटको गौर नगरपालिका वडा नम्बर ३ विपी चोक स्थितमा ना ५२ प १५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा झालाई शुक्रबार दिउँसो करिब १ बजेतिर पक्राउ गरिएको हो ।

पक्राउ परेको झामाथि यसबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि घिमिरेले जनाएको छ । रौतहटमा दिनहु मोटरसाइृकलको चोेरीको घटना हुदै गरेको पाईएको छ । रौतहटमा चोरहरुले प्रहरीलाई मातदिदै चोरी गर्ने गिरोह सकृय भएको छ । चोरहरुले कहिले कसैको घरमा पार्किङ्ग गरि राखेको त कहिले घरको कौसिमा राखेको मोटरसाईकल चोरी भएको पिडितहरुले निबेदन पनि दिएको जनाएका छन ।

गत भदौ ३० गते बुधबारका दिन मिट एण्ड ग्रिट कार्यक्रममा रोैतहट प्रहरीको प्रमुख बनेर आएको एसपि घिमिरेले रौतहटमा चोरी ,लागुऔषध ,झै–झगडा लगायतका कुराहरुलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका थिए ।
दुई घन्टा न बिन्दै सोहि ठाउँबाट एक जना साईकल चोरलाई पनि रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर १ जिल्ला अदालत अगाडी पार्किङमा राखेको साइकल चोरी भएको सामाजिक सञ्जालमार्फत सुचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास गर्ने क्रममा माधवनारायण नगरपालिकाको वडा नम्बर १ स्थायी घर भइ हाल गौर नगरपालिकाको वडा नम्बर ५ कोईरी टोल बस्ने १९ बर्षिय विक्रम महत्तोलाई साइकलसहित शुक्रबार नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका महतोलाई थप कारवाहीका लागी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!