मैले देखेको अशोज ३ : मधेशले अस्विकार गरेको दिन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


धर्मेन्द्र कुमार साह
३ अशोज २०७८
शहर भरिबाट कालो धुवाको मुस्लो उठ्दै छ l केहि चौकहरु बाहेक प्राय सडकहरुहरुमा डरलाग्दो शान्ति छ l अर्थहिन शान्ति,मानविय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति l ति सडकहरुमा आक्रामक फौजी गस्ती हुदैछ l सडकहरु भरि छरिएका ढुङ्गा, सिसा र बोतालाहरुले सहरलाई कुरुप बनाउदै छ l फौजी गस्तीका बिचमा एम्बुलेन्स र पत्रकारको मोटरसाइकलहरु घुम्दैछन l ति सबै डराएका हुन् l मानौ सिंगो सहरनै शुन्यमा बिलिन भएको छ l एम्बुलेन्स र फौजी गाडीका साइरनहरुले डरलाग्दो शान्तिको लामो शृंखलालाई बीच बिचमा चुनौती दिनु बाहेक नागरिकहरु आफ्नै घरमा कैद गरिएको छ l अनि सबैको मन भित्र राज्य प्रति चरम अशन्तुश्टी देखिदै छ l बिहानको ८ बज्दा सम्म सहरहरु प्राय सुनसान अनि केहि चौकहरुमा युवाहरुको प्रदर्शन सुरु भइ सकेको थियो l मधेशका गाउ गाउहरुमा पहिलो चोटि राजनीतिक आन्दोलन र बिद्रोहले छोएको जस्तो थियो l प्राय गाउका चौकहरुमा निरबिरोध बिरोधहरु हुदै थियो l न प्रहरीको उपस्थ्ति न त् सम्भावित हस्तक्षेपको डरनै l मधेशका प्राय सदरमुकाम र अन्य शहरहरु लगभग छाउनीमा परिणत भएको थियो l राज्यले अशोज ३ मा दिपावली गर्न भनि रहदा मधेशका सडकहरु भन्ने धुवा धुवाले भरिएको थियो ल बन्दै गरेको संबिधान पका कतिपय बिधि र प्रक्रिया तथा प्रवाधानको बिरोध गर्दै सडकमा ओर्लेका मधेश थरुहटको निर्बिरोध बिरोधको बाबजुद पनि राज्य बन्दुकको बलमा नै संबिधान जारि गर्न लागेपछि २०७२ सालको अशोज ३ गते तराई मधेशका अधिकांश सहरहरुको अवस्था यसति थियो l सडकको मुख्य भाग र सरकारी भावनाहरु फौजी कब्जामा थिए भन्ने अधिकांश गल्लि, सहरको बाहिरि भाग तथा ग्रामिण क्षेत्रहरुमा भन्ने आम नागरिको बिद्रोह थियो l दिन अगाडि बढ्दै जादा सडक र सदन दुवै तात्दै गयो l सडकमा देखिएका फौजिहरु आक्रामक र निर्मम ढंगले प्रस्तुत हुदै गयो l सहरका गल्लीहरु समेत फौजी कब्जामा परे l शब्दले सुरु भएको नागरिक अबरोध राज्यको बन्दुकले दबाउने काम हुदै गए l अपराहन सम्म मधेशका अधिकांश सडकहरु भन्ने रणभूमिमा परिणत भयो l जसरि पनि संबिधान जारि गर्ने राज्यको प्रयासलाई मुर्त रुप दिन फौजी गतिबिधि बढ्दै जादा नागरिक तहमा भन्ने ” देश आफ्नो भए पनि राज्य आफ्नो नभएको” महसुस हुन् थाल्यो l सो दिन तत्कालिन सदभावना पार्टिका नेता अजय गुप्ताले प्रहरीको हिरासतमा रहेका थिए l उनि त्यो दिनलाई कालो दिन भन्न रुचाउछन l अशोज ३ गते लाई स्मरण गर्दै उनि प्रहरी बर्बरता उत्रेको बताउछन l उनि सहित हिरासतमा राखिएका तत्कालिन मधेशी मोर्चाका नेताहरुले सो दिन बिहानै देखि कालो कुर्ता र पैजामा लगाई हिरासत भित्रै बाट कालो दिन मनाएको स्मरण गर्दै उनि हिरासत भित्रै बाट सडकको अवस्था चित्रण गरि हिरासतमा भएका सबै जना चिन्तित भएको बतौछां l उनि हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरको बिपी चौक नजदिकै छन् जहा ३ गते बिहानै देखि प्रदर्शनकारी र प्रहरी बीच भिष्ण संघर्ष हुदै थियो l प्रदर्शनकारीले बोलेको जय मधेशको जवाफमा प्रहरीले बुट र आश्रु ग्यासको गोला बर्साउदै थिए l प्रहरीले चलाउदै गरेको बुलेटको अवाज उनि भन्ने हिरासतबाटै सुन्दै थिए l तर उनले भित्र चिन्तित हुनु बाहेक केहि गर्न नसकेको बताउछन l
साझ हुदै जादा गौरका अस्पतालका अधिकांश बेड भरिसकेका थिए l
अनि फेरी अस्पतालमा पनि प्रहरी हमला
अस्पतालमा भएको प्रहरी हस्तक्षेपलाई स्मरण गर्दै रेडक्रसबात खटेका एम्बुलेन्स स्वयंसेवक विश्वनाथ रामले प्रहरीले अस्पताललाई समे नछोडेको सुनाउछन l अस्पताललाईनै लक्षित गर्दै प्रहरीले आस्रु ग्यास प्रहार गरेको बताउदै त्यस घटना पछि अस्पतालमा राखिएका आन्दोलनकारीको उपचार पनि अबरोध भएको थियो l
घर घरको छतमा कालो झण्डा अनि रेडियो बाट बज्न लागेका अस्वाभाविक धुन
बिरोधको प्रतिक मानिने कालो झण्डा प्राय हरेक छतमा झुण्डाउन थालियो l सहर देखि गाउ सम्म हरेक घरमा कालो झण्डा झ्हुण्ड्याइयो l यी सबै गतिबिधि स्वस्फुर्त रुपमा हुदै थियो l हामि सहितका थकित ,निराश र आहत भएका संचारकर्मीहरु बलेक आउट को समाचार संकलन तिर लाग्न थाल्यौ l यहाबाट प्रसारित हुने अधिकांश सामुदायिक रेडियोहरुबाट अस्वाभाविक रुपमा शोक धुन हरु बज्न थालिसकेको थियो l रेडियोहरुबाट बज्दै गरेको शोकधुन र घर घरमा छाएको अँध्यारोले मधेशको पिडा र बेदना व्यक्त गर्दै थिए l हजारौ लाखौ आन्दोलनकारीहरु थकित र आहत हुदै घाइते अवस्थामा आफ्नै घरको अँध्यारो कोठा भित्र आफुलाई कैद गर्दै थिए l तिनका मन स्थितिमा आफ्नै राज्य ब्यबस्था प्रति चरम असन्तुष्टि र विद्रोहका स्वरहरु गुञ्जिन थालेका थिए l अशोज # गतेको सुर्य आफ्नै गतिमा नियमित र स्वाभाविक ढंगले अस्ताए पनि नेपाल सरहदमा बसोबास गर्ने करिब अधि जनसंख्या भएका मधेशी थारु हरु अलौकिक पिडा र निराशाको घोर अन्धकारमा प्रवेश गरेको आभास गर्दै आफ्नै राज्य संग हारेको अनुभूति गर्दै स्वाभाविक रात्रीलाई अस्वाभाविक तरिकाले ग्रहण गर्यो l
कुनै पनि मुलुकमा संविधान जारी भए पछि संक्रमणकालको अन्त्य हुने गर्दछ । तर नेपालमा भने २०७२ साल अशोज ३ गते नयाँ संविधान जारी भए पछि संक्रमणकालको अन्त्य नभएर सुरु भएको प्रतीत हुन्छ । यसको प्रत्यक्ष प्रभाव पहिलो संविधान जारी भएको पहिलो बर्षका दिन नै देखियो । अशोज ३ गते संविधान दिबशमा देशका आदिवासी जनजाति र मधेशी समूदायले मात्र होइन हिन्दूवादी राजाबादीहरु समेत कालो दिवश भन्दै यसको बिरोध गरे तथा सरकारी दलले औपचारिक कार्यक्रम गरेर खुशीयाली दिबश मनाए । यसरि प्रचार गरी जसरि संबिधानले सबै नेपालीलाई एउटै मालामा जोडन सकेको छैन l अशोज ३ गतेलाई नै सरकारले रास्ट्रिय दिवस भन्न लागेको छ l देशको एक पक्षले अझै पनि संविधानलाई स्वीकार गरि नसकेको र अशोज ३ लाई कालो दिन बताउने गरेकोले अन्नतकाल सम्म पनि अशोज ३ गते नेपालि राजनीति इतिहासको लागि बिबादित दिननै रहने देखिन्छ l राष्ट्रिय दिवस सिंगो राष्ट्रको लागि मान्य हुने तिथि तो

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!