राष्ट्रिय दलित पत्रकार संघ,चितवनमा ‘स्व.चुडामणी बराल’ को स्मृतिमा तीनवटा विधामा पत्रकारिता पुरस्कार स्थापना

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

चितवन, ३ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

चितवन जिल्ला भरतपुर १ निवासी युवा व्यवसायी, ब्रुनाई ज्वेलर्स सुनचाँदी पसलका संचालक अर्जुन रसाईली सुनार र श्रीमती नीता रसाईलीको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले पुरस्कार स्थापना गरेको छ । चुडामणी बरालको स्मृतिमा पुरस्कार स्थापनार्थ राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखा र अर्जुन रसाईली सुनारबीच आज नारायणगढमा सम्झौता समेत भएको छ ।
सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष अमिर रामदाम र पुरस्कार दाताको तर्फबाट अर्जुन रसाईली सुनारले हस्ताक्षर गरेका छन्।

युवा व्यवसायी अर्जुन रसाईली सुनारले यो पुरस्कार उहाँको ससुरा बुबा स्व.चुडामणी बरालको नाम चिरस्थायी रहोस् भन्ने उद्देश्यले स्थापना गर्न सहयोग गरेका हुन् । पुरस्कार हरेक वर्ष नेपालभरीका दलित पत्रकारहरू मध्येबाट एक जना, चितवनका दलित पत्रकारहरू मध्येबाट एक जना र चितवनका क्रियाशील पत्रकारहरू मध्येबाट एक जना गरी तीन जना पत्रकारहरूलाई प्रदान गरिनेछ । पुरस्कारको राशी १५ हजार रूपियाँ , ५ हजार रूपियाँ ५ हजार रूपियाँको रहने र समयानुकुल वृद्धि गर्दै लगिने राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले जनाएको छ । पुरस्कार पहिलोपटक चितवन शाखाको प्रथम साधारण सभामा वितरण गरिनेछ ।

पुरस्कार प्रदान गर्न अर्जुन रसाईली सुनारबाट वार्षिक रूपमा पुरस्कार राशी संघलाई प्रदान हुने र त्यसपछि वितरण गरिने सम्झौता पत्रमा उल्लेख छ ।

पुरस्कारलाई व्यवस्थित बनाउन संघका चितवन शाखा अध्यक्षको संयोजकत्वमा कोष सञ्चालन तथा व्यवस्थापन समिति निर्माण गरिनेछ । यसैगरी पुरस्कार छनौटका लागि पनि चितवन शाखाले अध्यक्षकै संयोजकत्वमा छनौट समिति गठन गरी नाम तय गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा संघका चितवन शाखा अध्यक्ष अमिर रामदामले नेपालभरीका दलित समुदायको पत्रकार, चितवनका दलित समुदायको पत्रकार र चितवनका क्रियाशील पत्रकारहरूलाई यो पुरस्कारले थप प्रोेत्साहन गर्ने बताए । यसले पत्रकारहरुको दक्षता र सीप विकासमा सहयोग पुर्याउने पनि अध्यक्ष रामदामको भनाई थियो । अध्यक्ष रामदामको अनुसार यस पुरस्कारले अझ शसक्त रूपमा पिँधमा पारिएका, भूइतहँका आवाजहरुलाई उजागर गर्न थप प्रेरणा मिल्ने बताए।

पत्रकारिता पेशामा रहेर काम गरेका दलित पत्रकार तथा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्न, दलित तथा क्रियाशील पत्रकार एवम् सञ्चारकर्मीहरूको दक्षता र सीप विकासमा सहयोग पुर्याउन, पत्रकारिता पेशामा सक्रिय रही नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याएकालाई सम्मानित तथा कदर गर्न, पत्रकारिताको विकासमा योगदान पुर्याउन साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान गर्न पुरस्कार वितरण गरिने छ ।

राष्ट्रिय पुरस्कार प्राप्त गर्ने पत्रकारको हकमा कम्तिमा १० बर्षसम्म दलित मुद्दाको सवालमा सशक्तरुपमा पत्रकारिता गरेको हुनुपर्ने र अन्य दुई पुरस्कार प्राप्त गर्ने पत्रकारको हकमा कम्तिमा १० वर्ष सम्म चितवनमा रहि दलित समुदायको सवालमा शसक्त पत्रकारिता गरेको हुनुपर्ने, संघको सदस्य हुनुपर्ने र आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गर्न भुमिका खेलेको हुनुपर्ने छ ।

राष्ट्रिय पुरस्कार छनौटका लागि चितवन शाखाले एक छनौट समिति गठन गर्ने छ । त्यसमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रीय समितिले पत्र सहित जिल्लामा पठाएको प्रतिनिधि तर्फबाट र अर्जुन रसाईली सुनार वा निजले तोकेको व्यक्ति १/१ जना सदस्य सामेल गराइने निर्देशिका २०७७ मा उल्लेख छ । त्यस्तै अन्य दुईवटा उत्कृष्ट र क्रियाशील पुरस्कार छनौटका लागि चितवन शाखाले एक छनौट समिति गठन गर्ने छ । त्यसमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रीय समितिले पत्र सहित जिल्लामा पठाएको प्रतिनिधि तर्फबाट एक जना, अर्जुन रसाईली सुनार वा निजले तोकेको व्यक्ति एक जना र नेपाल पत्रकार महासंघ चितवन शाखाको प्रतिनिधि एक जना सदस्य सामेल गराइने निर्देशिका २०७७ मा उल्लेख छ ।

पुरस्कारलाई व्यवस्थित तथा मर्यादित बनाउन तीनवटै विधाको पुरस्कारहरूको निर्देशिका संघको चितवन शाखाको बैठकबाट अनुमोदन गरि संघका कार्यसमिति, सल्लाहकार, प्रदेश प्रतिनिधि, पुरस्कार दाता अर्जुन रसाईली सुनार र कानुन व्यवसायी अधिवक्ता जीवनज्योति विश्वकर्मामार्फत दस्तखत गरि जारी गरिएको छ । उक्त निर्देशिका २०७७ आजका मिति देखि लागु गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका बागमति प्रदेश सदस्य अशोक परियार, संघका चितवन शाखा कार्यसमिति सदस्यद्वय सन्तोष विश्वकर्मा, सन्तोष परियार र संघका चितवन शाखा कानुनी सल्लाहकार समेत रहनुभएका कानुन व्यवसायी अधिवक्ता जीवनज्योति विश्वकर्माको उक्त सम्झौता कार्यक्रममा सहभागिता रहेको थियो।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!