रौतहट ११ असोज । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा नेकपा एमाले पुरानो टोलको भेला सम्पन्न भएको छ । नेकपा एमाले वडा नम्बर ३ को वडा अधिबेसन आयोजक तयारी समितिको आयोजनामा सोही वडाको गैडाटारको पुरानो टोल भेला सोमबार सम्पन्न भएको आयोजक समितिका अध्यक्ष भुनेश्वर गुरोले जानकारी दिनु भयो । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका सम्पुर्ण टोल भेला सम्पन्न गरि नेकपा एमाले टोल कमिटि गठन गर्ने र आगामी कात्र्तिक ६ गते नगर भरिका सबै वडाहरुमा एकै दिन वडा अधिबेसन सम्पन्न गर्ने गुरोले बताउनु भयो । सोमबार बसेको पुरानो टोल भेलाले भानुभक्त गौतमको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी चयन गरिएको जनाइएको छ । कार्यक्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधि सरस्वती खुलाल , भिम बहादुर तिमल्सिना , जिस्मिता विक , एमाले नेता लाल बहादुर दोङ , सर्मिला गौतम , त्रिर्ण प्रसाद दुलाल लगायतका नेकपा एमालेप्रति आस्था राख्नु हुने स्थानियको सहभागीता रहेको थियो ।