रौतहटका सिमा नाकाहरु औपचारिक रुपमा खुल्यो

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


२०७८ असोज ११ गते रौतहट । रौतहटका सिमा नाकाहरुबाट नेपाल प्रबेशमा खुल्ला गरिएको छ । भारतीय नागरिकहरु नेपाल प्रबेशमा रोक लगाइएको भएतापनि अबैध नाका तथा लुकिछिपी नेपाल भारत आवतजावत गरिरहेको भएतापनि सोमबार एक सुचना प्रकासित गरि निश्चित मापदण्ड पुरा गरेर मात्र नेपाल प्रबेश अनुमति दिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आइतबार बसेको मन्त्रि परिषदको बैठकको निर्याण अनुसार नेपाल भारत सिमाको रौतकटका विभिन्न स्थल मार्गहरुबाट सरकारले तोकेको मापदण्ड पुरा गरेर नेपाल आगमन गर्न दिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । रौतहटको सिमा नाकाहरु गौर भन्सार कार्यालय , राजदेवी नगरपालिकाको ब्रम्हपुरी र लक्ष्मिपुर ,ईशनाथ नगरपालिकाको मनमोहन गेट , लतमरी , मौलिया र बन्जरा , परोहा नगरपालिकाको घिउरा , खाप र जयनगर तथा बौधीमाईको नरकटिया र छोटी भन्सार बंकुलमा सम्बन्धित स्थानिय तहहरुले सो स्थानहरुमा हेल्थ डेस्क तयार भएपछि नेपाल भारत आवतजावत गर्न पाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । भारतीय नागरिकहरुलाई नेपाल प्रबेश गर्नका लागी ७२ घण्टाभित्रको कोरोना परिक्षण नेगेटिभ हुनु पर्ने जनाइएको छ । बिदेशका आउनु भएका ब्यक्तिहरुका लागी अनलाइन फारम भरि सोको प्रतिलिपि लिइ आउनु भएमा मात्र नेपाल प्रबेश गर्न दिइने जनाएको छ । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखा परेका ब्यक्तिहरुलको पिसिआर परिक्षण गराउदा नेगेटिभ रिपोर्ट आएमा मात्र नेपाल प्रबेश गर्न पाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार निकालेको नेपाल प्रबेश सम्बन्धि सुचनाको अर्थ नरहेको स्थानियले प्रतिक्रिया दिएका छन । सिमा नाकाहरुमा खुल्याम आवतजावत भइरहेकाले विभिन्न मापदण्ड पुरा गरेर मात्र नेपाल प्रबेश गर्न पाउने ब्यबस्था गरेको सुचना अर्थहिन भएको उनीहरुको भनाइ रहेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!