रौतहट १५ असोज । रौतहटको चन्द्रपुरमा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको १३ अक्टुवर २०२१ को अवसरमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ मा रहेको जन जागृति माविमा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
यूरोपियन युनियन अक्सफम इन नेपालको सहयोग आर.डि.सि नेपाल र जन जागृति माविको आयोजनामा चन्द्रपुर वडा नम्बर ९ सिन्दुरेघारीको जागृति मावि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको आरडिसि नेपालकी सहज कर्ता ज्योति फुयालले जानकारी दिनु भयो ।
विद्यालय स्तरिय चित्रकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द प्रसाद दुलाल रहनु भएको थियो भने कार्यक्रमका सभा अध्यक्ष विद्यालयका प्रधानाध्यापक शत्रुधन साहले गरेका थिए । यस्तै आरडिसि नेपालका सहजकर्ता ज्योति फुयालको सहभागिता रहेका थियो ।
प्रतियोगिताका प्रथम कक्षा ९ मा अध्यनरत रविना हुमागाई, दोस्रो अविस्कार कार्की र तृतिय कक्षा ७ का राजेश कुमार भएका थिए ।