रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई चौनौती दिदै राजपुर न.पा ७

रौतहट, २८ असोज।

रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् ।
चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत तराईका जिल्लाहरूमा भारत र नेपालको विभिन्न स्थानबाट महिला ल्याएर मेलाहरूमा गराउने अर्धनग्न नाचले समाजमा विकृति फैलिने भएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएका हुन् ।

कुनै पनि स्थानमा मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा आयोजकले स्थानीय प्रशासनसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताए । दसैँ तिहार मनाउन बाहिरबाट घर आउने यात्रु चढेको गाडीहरू दुर्घटना हुनबाट जोगाउन ट्राफिक प्रहरीका साथै जिल्लाका सबै युनिटका प्रहरी लाई विशेषरूपमा निगरानी गर्न निर्देशन दिएको एसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

त्यसैगरी सहरबाट दसैँ तिहार मनाउन गाउँ आएका परिवारका केटा केटीले जथाभावी सवारीसाधन न चलाउन भन्नेबारे पनि सबै युनिटमा निर्देशन दिएको एसपी घिमिरेले बताएका छन् । दसैँ दीपावली र छठ पर्वमा चोरी, डकैती, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले रौतहटमा विशेष सुरक्षा नीति अपनाएको छ ।
विशेष नीति अनुसार प्रहरी गस्ती टोलीले चोरीमा संलग्न ४ जनालाई मौलापुरबाट नियन्त्रणमा लिएको छ । उक्त नीति अनुरूप चाड पर्वमा कुनै आपराधिक गतिविधि नहुने एसपी घिमिरेले विश्वास व्यक्त गरेका छन् ।

वर्तमान अवस्थामा घरमा महँगा गहना तथा ठुलो रकम न राख्ने तथा घर छोडेर कतै जानुपरे घरमा एकजना कुरुवा राख्ने तथा नजिकको प्रहरी चौकीमा खबर गर्न उनले सुझाव दिएका छन् ।

गाउँ ठाउँमा कुनै अपरिचित मानिस पटक पटक देखिएमा, अथवा कुनै शङ्कास्पद गतिविधि देखिएमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर समयमै जानकारी गराएमा सम्भावित घटनालाई रोक्न सकिने रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले आग्रह गरेका छन् ।

जिल्लाको घुमुवा प्रहरीको गलत गतिविधि,तस्करी,अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने प्रहरीको पहिलो काम रहेकाले त्यस्तो हरकत देखिएमा पनि खबर गर्न एसपी घिमिरेले रौतहटबासीलाई आग्रह गरेका छन् । दसैँ, तिहारमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको समन्वयमा नेपाल प्रहरी २४ सै घण्टा खटिरहेको उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!