रौतहटमा नेकपा माओवादीका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।


आरएन पटेल । कार्तिक १ गते
बौद्धिमाई नगरपालिकाको बंकूलमा नेकपा माओवादीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बौद्धिमाई नगरपालिकाको वड़ा नं. ८ सरमुजवा बंकूलमा अवस्थित ओम विवाह भवनमा नेकपा माओवादी केन्द्र रौतहटको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पनन भएको हो ।
नेकपा माओवादी केन्द्र रौतहट बौद्धिमाई नपाको आयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता बौद्धिमाई नपाको युवा नेता समाजसेवी जयप्रकाश जयसवालले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद नेकपा माओवादीका युवा लगनशील नेता कमरेड अशोक जयसवालले उपस्थित नेता कार्यकर्ताहरुलाई बितेको बडादशै, शुभ दीपावली तथा हिन्दुहरुको महान पर्व छठको शुभकामना दिदै पार्टी सुदृढ़ीकरण तथा आउदो चुनावी माहौलमा चुनावको प्रतिस्पर्धा गर्नको लागि आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन।

कार्यक्रमको सभाअध्यक्ष बौधिमाइ नगरपालिकाको मेयर पदको भावी उमेदवार जयप्रकाश प्र .जयसवाल उर्फ लक्ष्मण साहले ५ वटा बुंदामा चुनावी प्रतिबदता व्यक्त गर्नु भएको छ।

१ .बौधीमाइ नगरपालिका भरिको जानतालाई ५ वर्ष भित्रमा गोठको घर हटाइने ।
२ . बौधीमाइ नगरपालिका भरिको गरिब जानतालाई छोरीको बिवाह वा कुनै किसिमको बिरामी भएको अवस्थामा साहु घरमा खुटा टेक्नु नपर्ने।
३ . १ बोरा चामल किन्न शक्ति नभएको गरीब किसानलाई छोरीको बिहे अनुसारको आवश्यकता पुरा गर्ने ।
४ . रौतहटको क्षेत्र -२ र बौधीमाइ नगरपालिकामा परिवर्तन ल्याउने ,म्यादी मन्त्रिले मौलापुर नगरपालिकामा २० वर्षमा गरेको जति काम , बौधीमाइ नगरपालिकामा ५ वर्ष मा गरेर देखाउने।
५ . पूर्वाधार- रोड ढलान ,नाला बाटोघाटो , शिक्षा , स्वास्थ्य ,शुद्ध खानेपानि जस्ता बिकाशलाई बौधिमाइ नगरपालिकामा चौतर्फी बिकाशको रुपमा लिई नमुना बनाएर देखाउने । आदि

सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि हिरदेनारायन दास (बिशाल) , दुर्गा भगवती गाउपालिका -३ को वडा अध्यक्ष डीके झा ,मौलापुर नगरपालिकाको वडा अध्यक्ष उपेन्द्र जयसवाल ,परोहा नगरपालिकाको वडा अध्यक्ष जितेन्द्र पटेल ,बौधीमाइ नगरपालिका पिपरिया टोलको वडा प्रत्याशी गगनदेव राय यादव ,नन्दलाल यादव ,रामप्रित जयसवाल ,अशोक पटेल ,रामाकान्त प्रसाद पटेल,डा .शिवनाथ जयसवाल ,जगिलाल बैठा ,राम बिनय जयसवाल ,उमेश जयसवाल ,सागर महतो लगायत सयौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!