राैतहट,कार्तिक ०४ गते
रौतहट जिल्लाको मध्य भागमा रहेकाे गरूडा नगरपालिकाकाे नयाँ हाकिमकाे रूपमा रामबाबु राय यादवलाई जिम्मेवारी दिएकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पत्र लेखी नयाँ निमित प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा यादवलाई ताेकिएकाे हाे । बुधबार एक कार्यक्रमका बिच हाकिम यादवले कार्यभार सम्हालेका छन् ।
स्थानीय तहकाे निर्वाचन पछि वहाँ गरूडा नगरपालिकाकाे चाैथाे कार्यालय प्रमुखकाे रूपमा कार्यभार सम्भालनु भएको हाे ।
गरूडा नगपालिकामा वहाँ नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेकसन समूह,अधिकृत स्तर छैठौं तह सिनियर अहेव पदमा कार्यरत रह्नु भएको थियाे । यस अघि वहाँले गरूडा नगरपालिकाकाे स्वास्थ्य शाखाकाे जिम्मेवारी पनि सम्भालि सक्नु भएको छ ।
मन्त्रालयका शाखा अधिकृत सागर केसी द्वारा हस्ताक्षरित पत्रका गरूडा नगरपालिकाकाे आर्थिक तथा प्रशासनिक कार्य गर्न हिसाबले जिम्मेवारी दिईएकाे हाे । यादव गरूडा नगरपालिका वडा नम्बर ७ पिपरीया निवासी हुन् ।
यस अघिका हाकिम मुस्ताक आलमको ठाउँमा वहाँ आउनु भएको हो ।