स्मिथ रजक,गौर,कार्तिक ०६ गते
रौतहटको इशनाथ नगरपालिकामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २,६ र ७ नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ ।
नेकपा एमालेका नगर अध्यक्ष मोहन मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रममा नगर प्रमुख एंव एमालेको प्रदेस कमिटी सद्स्य सन्तोष कुमार मेहता प्रमुख अतिथ्यतामा सो अधिवेसन सम्पन्न भएको हो ।
शनिवार सम्पन्न अधिवेसनमा वडा नम्वर २ को अध्यक्षमा गजेन्द्र पटेल चयन भएका छन् ।
यस्तै वडा नम्वर ६ का अध्यक्षमा अनिसु रहमान चयन भएका हुन् । तिनटै वडामा ३१ सदसीय वडा कमिटी गठन गरिएको नगर प्रमुख मेहताले जानकारी गराउनु भयो ।
कार्यक्रममा रौतहट क्षेत्र नं २ का सांसद प्रत्याशी किरण साह,वडा नम्बर का वडाध्यक्ष रामबाबु राय यादव,रामेश्वर साह,रामकैलाश राउत,मोहम्द नेसार आलम,रेआज आलम,राजु सिंह स्थानिय भद्रभलादमी लगाएतको उपस्थिती रहेको थियो ।