तिहार तथा छठ पर्व नजिकिदै जादा रौतहटमा तस्करी पनि फस्टाउदै

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

१३ कार्तिक, रौतहट । तिहार तथा छठ पर्व नजिकिदै जादा रौतहटमा तस्करी पनि फस्टाउदै गएको छ । मुख्य तथा सहायक नाका भएर दुई दर्जन भन्दा बढी संगठित तस्करहरुले रौतहटमा अवैध कारोवार शुरु गरेका छन ।

सिमामा खटिएका सुरक्षाकर्मीकै सहयोगमा रौतहटको मुख्य नाका गौर सहित ग्रामिण नाकाहरुबाट पोके तथा संगठित तस्करहरुले अवैध कारोवारलाई तिव्रता दिएका छन । घरायसी कामका लागी स्थानियले ल्याएका सामानहरुमा कडाई गर्दै स्थानियलाई सास्ती दिने सुरक्षाकर्मीले तस्करका लागी छुट दिएको भन्दै स्थानिले आक्रोश पोखेका छन ।

गौरको मुख्य नाकाबाट तस्करी गरी ल्याइएको सामान भन्सार रोडमै रहेको एक घरमा तस्करहरुले जम्मा गर्ने र सोही स्थानबाट जिल्लाका अन्य भागमा पठाउने गरेका छन । यसैगरी राजदेवी नगरपालिकासँग सिमाजोडिएको भारतीय क्षेत्रमा पनि तस्करहरुले गोदामनै राखेर कारोबार गरि रहेका छन । पछिल्लो समयमा चाडबाडलाई लक्षित गरी ब्यापारीहरुले सामान भण्डारण गर्ने क्रम सुरु भएसँगै रौतहटका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ ।स्थानीय बासिन्दाहरुका अनुसार मुख्य नाका गौर बाहेक जिल्लाको ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपटी, बकैया खोलाको वगर, बन्जरहा, औरैयाको मनमोहनद्धार, रामपुर खाप, नरकटिया, बंकुल, र सिमावर्ती वाराको कचोर्वा भएर ठूलो परिमाणमा सामानहरुको तस्करी भईरहेका छन् । कारोवारीहरु पिकअप भ्यान, मिनी ट्रक, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट सरकारी राजस्व छलेर दैनिक करोडौं मूल्य बजारको मालसामानहरु नेपालमा भित्राउने गरेका छन ।

नेपालबाट भारत तर्फ मरिच, सुकमेल लगायतका मसला सँगै चुरोट, पान मसला गुटखा, मदिरा, डिजेल पेट्रोल लगायतका सामानहरु चोर नाकाहरुकाट निर्वाध रुपमा जाने गरेका छन् । सिमा वारिपारीको अबैध कारोवारलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले संरक्षण दिएका कारण यस्ता कारोवार गर्नेहरुको संख्यामा बढोत्तरी हुँदै गएको आरोप स्थानीयले बताए । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएको कारण इन्धनको तस्करी समेत बढेको छ ।

सिमापारी भारतबाट लताकपडा, कस्मेटिक सामान, चिनी, चामल, दाल लगायत दैनिक उपभोग्यका सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस र प्रतिबन्धित कुखुराको चल्ला, लागु औषध सहितका सामानहरु निर्वाध रुपमा नेपाल भित्रने गरेको श्रोत बताउछ । स्रोत :द नेपाल मिडिया

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!