रौतहटको बौधिमाइमा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

पछिल्लाे समाचार


आरएन पटेल । कार्तिक १६ गते
रौतहट जिल्लाको बौधिमाइ नगरपालिका वडा नम्बर -४ इनरवारीमा जनता समाजवादी पार्टी नेपाल बौधिमाइ नगर कमिटीले आयोजना गरेको बृहद पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादवको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भमा मधेशको लागि बलिदानी दिएका ज्ञात-अज्ञात सहिदहरूकाे सम्झनामा एक मिनेटको मौन धारण गरिएको थियो । बौद्धिमाई नगरपालिकामा शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि जसपाको प्रदेश -२ को मुख्यमन्त्री लालबाबु राउत गद्दीले पासमा बति बालेर कार्यक्रमकाे उदघाटन गर्नु भएको थियोे । कार्यक्रमको स्वागत मन्तव्यमा जसपाको युवा नेता प्रमोद यादवले गर्नु भएको थियो ।
जनता समाजवादी पार्टीको शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको यस अवसरमा बौद्धिमाई नपा लगायत अनेक नगरपालिकाबाट आएका १०० सय भन्दा बढी व्यक्तिहरुले नेकपा एमाले ,नेकपा माओवादी र नेपाली कांग्रेस पार्टी र जनमत पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा पार्टी प्रवेश गरेका छन। पार्टी प्रवेशकै क्रममा राजपुर नपा अन्तर्गतका राजपुर निवासी जनमत पार्टी संगठनका युवा तथा लगनशील कर्मठ जुझारू नेता बाबू साहेब जनमत पार्टी परित्याग गरी जसपामा पार्टी प्रवेश गरेका छन। जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गरेका नवप्रवेशिकाहरूलाई प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले टिका लगाई फूलमाला र दोसाला ओढाएर स्वागत गर्नुभएको छ। बौधीमाइ नगरपालिका नगर प्रमुख राजिव रन्जन यादवले सम्बोधन गर्दै जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने उहाँले बताउनु भयो । बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले नवप्रवेशिकाहरूलाई जसपामा प्रवेश गर्नुभए अगामी निर्वाचनमा जसपा पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन र संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सबै जसपाका नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भएको थियो।
बृहद पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि प्रदेश -२ को मुख्यमन्त्री लालबाबु राउत गद्दीले सम्वोधन गर्दै संघियता लोकतन्त्रको विरोधी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एण्ड कम्पनि नभएको आरोप लगाए । मधेश आन्दोलनको जगमा आएको संघियता लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पर्ने योजना पुर्व प्रधानमन्त्री ओलीले गरेकोले आन्दोलनको उपलव्धि रक्षा गर्न समाजवादी पार्टी संघर्षमा रहेको जनाए । मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आन्दोलनको बलमा गठन भएको प्रदेश सरकार सबै बर्ग समुदायको पहिचान स्थापित गराउन प्रतिबद्ध रहेकोे बताउनु भएको छ ।
रौतहटको बौद्धिमाई नपाको इनरबारीमा आयोजित दिपावली तथा छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघियता र समाबेशिताको भावना अनुरुप प्रदेश सरकारले निजामती सेबामा जनसंख्याको आधारमा आरक्षणको ब्यवस्था गरेर सबै बर्ग समुदायको पहिचान स्थापित गराउने प्रयास गरेको बताउनु भयो ।
सरकार बाट उपेक्षित रहदै आएका समुदाय हरुको पर्व हरुमा प्रदेश सरकारले बिदाको ब्यबस्था गर्नु समेत त्यसैको एउटा कदम रहेको उहाको कथन थियो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री महमद लालबाबु राउत गद्दीले प्रदेश सरकारलाइ बदनाम गराउने सड्यन्त्रमा नेकपा एमाले र नेपाली कांग्रेस लागि परेको आरोप लगाए ।
प्रदेश सरकारले महिला ,दलित , मुस्लिम ,मधेशी, अपांगको हकहितमा काम गर्दै अगाडि बढी रहेका छन उहाँले बताउनु भयो।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।
महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भयो ।
शुभकामना अदान प्रदान कार्यक्रमको बिशिस्ट अतिथि प्रदेश सान्सद तथा रौतहट क्षेत्र -२ ख को चर्चित बिधायक रामकिशोर यादव उर्फ किशोरी यादवले सम्बोधन गर्दै
जनता समाजवादी पार्टी नेपाल बाट अलग भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता प्रति लक्षित गर्दै भने परिवर्तन विरोधीले एतिहासिक मधेश आन्दोलनबाट प्राप्त भएको उपलव्धिलाइ समाप्त पर्ने प्रतिगमनको साथ दिएको टिप्पणी गरे ।नेपाली काङ्ग्रेस पार्टीको नेताले भन्छन् राजाको घाँटी र नेपाली काङ्ग्रेस पार्टीको घाँटी एक हुन्छ भने साताको प्रधानमन्त्री र पीडित जनता कसरी एक हुन्छ ।
उहाले थपे सांसद विघटन गर्ने पुर्व प्रधानमन्त्री ओलीको विरुद्ध जनता समाजवादी पार्टीले मुलुकको नेतृत्व लिने तयार भएको अवस्थामा केहि संघियता विरोधीले धोखा गर्यो ।
म्यादी मन्त्री प्रभु साह माथि लक्षित गर्दै बिधायक किशोरी यादवले भने मन्त्री पद खुसके पछि प्रधानमन्त्रीले ओफर दिए पछि प्रभु साह ओलीको पलुवा पिए निस्केको ।
सांसदलाइ घेराबन्दी गर्ने नेकपा एमालेको कार्यले देशमा संकट उत्पन्न हुन् सक्ने अवस्था रहेकोले मुलुकको निकासको लागि प्रतिनिधि सभाको निर्वाचन एक मात्र विकल्प रहेको उहाको कथन रहेको छ ।
राजनीतिक रुपमा संघियता विरोधी कार्य गर्ने नेकपा एमालेलाइ नेपालबाट समाप्त गर्नु पर्ने जरुरि भएकोले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी नेपाललाइ बहुमतले निर्वाचित गर्नु पर्ने आग्रह गरे ।कार्यक्रममा जसपाका बिधायक शेख फुलबाबु, केन्द्रिय सदस्य रेवन्त झा, देवाही गोनाही नगरपालिका नगर प्रमुख धर्मेन्द्र पटेल , माधवनारायन नपाका मेयर बिरेन्द्र यादव, प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम आशिष यादव, प्रदेश सदस्य नेतृ सोभा साह, प्रदेश सदस्य मो. अनवर हासमी , शेख कलाम, श्याम बिहारी यादव, युवा नेता मो . सकिल अकतर, सेख जहरुल लगायत जसपाको हजारौं नेता तथा कार्याकर्ताको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!