राैतहट,कार्तिक २० गते
गरूडाका मेयर पदका प्रत्यासी जयसवालले गरे सयौं ब्रतालु महिलालाई विभिन्न सामाग्री र नगद सहयोग गरेका छन् । समाजसेवी कन्थमनी प्रसाद जयसवालले जिल्लाको गरुडा नगरपालिकाको विभिन्न वडामा छठ पर्व गर्ने सयौं ब्रतालु महिलाहरुलाई शुक्रवार एक एकथान साडी सेट र बाँसका दाउरा सुपली वितरण गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका गरुडा घर भएका समाजसेवी जयसवालले खासगरी दलित, अति विपन्न एवं गरिव समुदायका छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई खोजी खोजी छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्रिका साथै साडीसेट समेत वितरण गरेका छन ।
समाजसेवी जयसवालले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी गरुडा नगरपालिका वडा नं ५ लक्ष्मीपुरमा छठ पर्व गर्ने ८५ जना ब्रतालु महिलाहरुलाई एक एकथान साडीसेट वितरण गरेका छन भने सोही नगरपालिकाको वडा नं ६ पोठियाहीमा १ सय २५ र मलाहीटोलमा १ सय ३५ गरी जम्मा २ सय ६० जना महिलालाई दाउरा, सुपली वितरण गरेका छन ।
समाजसेवी जयसवालले लक्ष्मीपुरमा छठ घाट निर्माणका लागि २५ हजार रुपैया नगद पनि सहयोग गरेका छन ।
समाजसेवी जयसवालले आफना निजी लगानीमा विगत केही दिनदेखी छठ पर्व गर्ने अति विपन्न, गरिव एवं दलित समुदायका ब्रतालु महिलाहरुलाई खोजी खोजी दाउरा, सुपली, साडी र नगद सहयोग गर्दै आएका छन ।
उनले यसअघि गरुडा नगरपालिकाको जिंगडिया र भिमडावरको दलित एवं गरिव बस्तीमा सयौं ब्रतालु महिलाहरुलाई बाँसका कोनिया, ढाकी, कन्सुपति लगाएत सामग्रि, नगद र साडीसेट वितरण गरिसकेका छन ।
समाजसेवी जयसवालले अति गरिव, दलित एवं विपन्न परिवारका ब्रतालु महिलाहरुलाई खोजी खोजी छठमा प्रयोग हुने बाँसका सामाग्रीका साथै साडी र नगद सहयोग गर्ने अभिायन सञ्चालन गरेका हुन ।
गरुडा नगरपालिकाको प्रत्येक वडामा दाउरा, सुपली र साडीसेट वितरण गर्ने आफनो योजना रहेको उनले बताए ।
छठ पर्व धेरै खर्चिलो हुने गरेकोले पैसाको अभावमा खास गरी दलित, गरिव एवं विपन्न परिवारलाई छठ पर्व मनाउन धेरै मुस्किल हुने गरेको अवस्थालाई मध्य नजर गर्दै पैसाको अभावमा कसैलाई पनि छठ पुजा गर्न समस्या नहोस भन्ने उद्देश्यले सोमवारदेखी छठ गर्ने अति गरिव समुदायका ब्रतालु महिलाहरुलाई बाँसबाट बनाइएको दाउरा, सुपली लगाएतका सामग्रि सहयोग गर्न शुरु गरेको समाजसेवी जयसवालले बताए ।
अति गरिव मानिएका दलित समुदायलाई पहिलो प्राथमिकतामा राखेर आफुले आफना व्यक्तिगत लगानीमा उक्त सामग्रि सहयोग गर्न थालेको उनले बताए ।
रौतहट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका समाजसेवी जयसवालले विगतका दिनहरुमा समेत गरुडा नगरपालिका सहित क्षेत्र नं ४ को विभिन्न गाउँमा बाढी र आगलागी पिडितहरुलाई खोजी खोजी खाद्यान्न सामग्रि, त्रिपाल, कम्वल लगाएतका सामग्रि सहयोग गर्दै आएका छन ।
त्यस्तै उनले गत वर्ष पनि छठ गर्ने हजारौ ब्रतालु महिलालाई साडी सेट समेत वितरण गरेका थिए ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका क्षेत्र नं ४ का हजारौ अति गरिव एवं विपन्न नागरिकहरुलाई आफना निजी लगानीमा उनले खाद्यान सामग्रि वितरण गर्नुका साथै कोरोनाबाट बच्न मेडिकल सामग्रि वितरण गरेका थिए ।
त्यस्तै उनले प्रत्येक वर्ष चिसोको महिनामा चिसोबाट बच्नका लागि गरिव समुदायलाई कम्बल, साल लगाएतका न्यानो कपडा समेत वितरण गर्ने गरेका छन ।
समाजसेवा सबभन्दा ठुलो धर्म भएकोले आफुले समाजसेवामा नै आफना जिवन विताउने सोच बनाएको समाजसेवी जयसवाल बताउँछन ।