रौतहटको फतुवा बिजयपुरमा झन्डै ६० किलोमिटर कालोपत्र हुँदै:पूर्व मन्त्री प्रभु साह

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


कार्तिक २० गते
नेपाल कम्युनिस्ट पार्टि एमालेका प्रभावशाली नेता एवम् पूर्व शहरी विकास मन्त्री प्रभु साहले राैतहटकाे उतरी भेग फतुवा बिजयपुर नगरपालिकामा ठेक्का भएको र ठेक्का प्राेसेसमा झण्डै ६० किलोमिटर सडक कालोपत्र भईरहेकाे बताएका छन् ।

शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार फतुवा विजयपुर नगरपालिका–४, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै साहले आफूले चुनावमा ५० किलाेमिटर सडक कालोपत्र गरेर दिने प्रतिबद्धता अनुसार नै अगाडि बढिरहेको बताए ।
आफू शहरी विकास मन्त्री हुँदा फतुवा बिजयपुरकाे हरेक गल्ली गल्लीमा विकासकाे बजेट राखेकाे तर केही प्रतिक्रियावादी शक्तिहरूकाे कारणले अगाडि बढन नसकिरहेको बताए । अहिले सरकारमा रहेका राजनीति दलकाे दबाबका कारण अगाडि बढन नसकिरहेको बताएका छन् ।
हरेक ठाउँ लाई हाईवे कनेकसन जाेडने याेजना अनुरूप नै अगाडि बढि रहेकाे साहले बताए । विभिन्न बाधा अवराेधका बिच आफनाे निर्वाचन क्षेत्रमा पाँच वर्ष भित्र चमत्कार गर्ने लक्ष्यका साथ अगाडि बढिरहेकाे उनकाे भनाइ रहेकाे थियाे ।
फतुवा बिजयपुरमा प्रदेश २ सरकारका ठेकेदारहरूले एउटा पनि विकास गर्न नसकेकाे आराेप लगाए । र उनीहरू सँग जनताले हिसाबकिताब लिनु पर्ने बेला आएकाे बताए । एक अर्काे प्रसंगमा साहले कुनै पनि हालतमा अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई रोक्नुपर्ने बताएका छन् ।
एमसिसि सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिन सक्ने भन्दै कुनै पनि हालतमा लागू हुन नदिने उनले बताए ।
कम्युनिष्टको खोल ओढर माधव र प्रचण्डले जनतासँग गद्दारी गरेर प्रतिकृयावादी कांग्रेसको पुच्छर बनेर एमसीसी पास गर्ने गरेको षडयन्त्र जनताले रोक्नुपर्ने नेता साहले आह्वान गरे ।
शुभकामना कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वहा, बाैधिमाई नगरपालिकाका मेयर पदका प्रत्यासी त्रिभुवन साह उर्फ अमरजी ,एमाले जिल्ला सचिव मनोज यादव, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो, सो वडाका वडाध्यक्ष ब्रह्मा नारायण यादव,वडा नम्बर १ का वडाध्यक्ष संजय प्रसाद लगायत सयौंको सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!