स्मिथ रजक, कार्तिक २१ गते
राैतहट जिल्लाकाे दक्षिणी भेग ईशनाथ नगरपालिकामा छठ ब्रत गर्ने दलित,बिपन्न महिलाहरू लाई साडी सेट वितरण गरेका हुन् । नगर प्रमुख सन्तोष कुमार मेहताले आफनाे नगर स्तरीय याेजना बाट महिलाहरू लाई उक्त सामाग्री दिनु भएको हाे । साे नगरपालिकाको वडा नम्बर ५ मा
आज आईतवार बितरण गरिएको हाे । साे वडाका वडाध्यक्ष निशार आलमकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
मेयर मेहताले आफु निर्वाचित भपछि गरिव, दलित एवं अति विपन्न परिवारलाई सहयोग गर्दै आएकाे उनले बताए ।
गरिवको पिडा आफूले बुझेका कारण आफु गरिवहरुलाई नै सेवा गर्ने उद्देश्यका साथ राजनितिमा आएकाे बताए ।
ईशनाथकाे वडा नम्बर १ देखि ९ सम्मकाे गरिव, दलित एवं अति विपन्न महिलालाई साडी सेट बितरण गर्नु भएको मेयर मेहताले बताए । साे अवसरमा स्थानीय भद्रभलादमी बुद्धिजीवीहरूकाे सहभागीता रहेको थियाे ।