नेपाली कांग्रेस‌ ध्दारा वीरगंज को हरपतगज मा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न।

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

पवन प्रसाद साह / वीरगंज

नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं २० वडा इकाई कमिटीद्वारा छठ पर्ब को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शुभकामना तथा सम्मान कार्यक्रम दुई चरणमा सम्पन भएको थियो। पहिलो जेष्ठ नागरिक लाइ सम्मान र दोस्रो उच्च शिक्षा हासिल गरेका तथा बिधार्थीहरू को सम्मान कार्यक्रम रहेको थियो।
त्यसैगरी,सम्मान हुने बिधार्थीहरू हरपतगन्जका पि.एच.डि. पढ्ने,एम.बि.बि.एस पढ्ने,अमेरिकाबाट आइ.टी. पढ्ेर आएकालाई सम्मान गरियो।
प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका जिल्ला सभापति अजय द्विबेदिले छठ पर्ब को उपलक्ष्यमा शुभकामना आदान-प्रदानमा आफ्नो दुईशब्द राख्नुभयो- सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ।
यस्तै छठ पर्व पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । तराई मधेसमै बस्ने पहाडी मूलका अधिकांशले पनि छठ पर्व मनाउन थालेकाले यो पर्वले मधेसी र पहाडीलाई जोड्ने काम गरेको जानकारहरु बताउँछन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको वाड ८ का वाडाध्यक्ष बसन्त यादवले बताए ।
“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।
सो कार्यक्रम नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं २० हरपतगजको वडा इकाई कमिटी का सभापति हरिचंद्र यादव को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका जिल्ला सभापति अजय द्विबेदि को उपस्थिति रहेको थियो भने बिशिष्ट अतिथि उर्जा तथा खाने-पानि मन्त्री मा• ओमप्रकाश शर्मा र पुर्ब संबिधान सभा सदस्य एवं पर्सा छेत्र १ का उम्मेदवार अनिल रूंगटा रहेका थिए भने अतिथिमा राम नारायण कुर्मी,श्याम पोखरेल,दिना गुप्ता,प्रकाश उपाध्याय,श्याम पटेल,विजय सराफ,मोहमद सहाबुदिन,बैकुण्ठ क्षीवास्तव ,मनोजा चौधरी,अरबिन्द गुप्ता,दिपेन्द्र चौहान,हुकुम सिंह,जितेन्द्र पुरुष ढकाल,मनोज महतो,बिशेसर पटेल,राम निवास यादव,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता, लगायत बुथ ईकाई समिति वडा न.२० का नेता कार्यक्रता कियाशिल सदश्य हरु को उल्लेखनिय उपस्थित रहेको थियो भने कार्यक्रम संचालन दिप पुरिले गरेका थिए।
त्यसैगरी,यस कार्यक्रम बारे नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले जानकारी दिनुभयो।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!