कारागार भित्रै झुन्डिएर आत्महत्या गरेको लडाई साहको घटना बारे उच्च स्तरीय छानबीन समितिको माग पुर्व मन्त्रि :प्रभु साह

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

कृष्ण तिवारी ,
रौतहट मंसिर ३गते
रौतहट । रौतहटको सदरमुकाम गौर स्थित कारागार भित्रै झुन्डिएर आत्महत्या गरेको लडाई साहको घटनाको शिघ्र उच्च स्तरीय छानबीन गरि सत्यतथ्य सार्वजनिक गर्न एमाले नेता तथा पुर्व मन्त्रि प्रभु साहले माग गरेका छन ।
निर्दोष रहेको बयान उजरि कर्ता सरकारी गवाहले नै दिँदा पनि जिल्ला अदालत रौतहटले कसुर ठहर गर्दै २१ वर्ष कैद सजायको फैसला गरेको र उक्त फैसला विरुद्ध मुद्दाको पुनरावेदन गरी कारागारमा बन्दी जीवन बिताइरहेका स्थानीय देवाही गोनाही ७ का लडाइ साहले किन एकाएक आत्महत्या गर्यो प्रभु साहले प्रश्न उठाएका छन ।
उनले आत्महत्याको घटना शंकास्पद भएको जिकिर गर्दै घटनाको उच्चस्तरीय टोलि द्वारा यथासिघ्र छानबिन हुनुपर्ने माग गरेका हुन ।
जिल्ला अदालतले तोकेको कैद सजायको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै मुद्दाको पुनरावेदन भैसकेको अवस्थामा आत्महत्या गर्नुको पछाडी ठुलै रहस्य भएको उनको दावी छ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस मार्फत यस मुद्दाको प्रारम्भिक अनुसन्धानकर्ता देखि अभियोजन कर्ता, निरुपणकर्ता लगायत देशको समग्र राज्य व्यवस्था, न्यायालय र गृह प्रशासनमाथि नै अनेकन गम्भीर प्रश्नहरु उब्जाएकाले गम्भीरतापूर्वक शिघ्र उच्च स्तरीय छानबीन समिति खडा गरी घटना बारेको सत्य तथ्य विस्तृत विवरण बाहिर ल्याई दोषीलाई हदैसम्मको कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार सहित समबन्धित पक्षसंग जोडदार माग गरेका छन।

लडाई साहले बुधबार कारागारको शौचालयमा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेका थिए । उनलाई २०७५ साल माघ २६ गते नाबालिका अपहरण गरेर भारत पुरयाएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो । उता मृतक लडाई साह को हत्या गरिएको भन्दै पिडित परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला कारागार गौर कार्यालयको अगाडि कार्वाहीको माग गर्दै बिरोध प्रदर्सन गरेका थिए ।
मृतक साहकी श्रीमती सीमादेवी साहले कारागारका नाइकेहरुले लडाई साहलाई मारेको आरोप लगाएकी छिन।’ अदालतमा मुद्दा चलिरहेको अवस्थामा आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।
घटनाका बारेमा मानवअधिकार आयोगले पनि चासो दिएको छ । आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलीले कारागार निरीक्षण गर्दै घटनाका बारेमा कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिहरुसँग सोधपुछ गरेको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, उपमेयर परनियादेवी पटेलसहित चार जना जनप्रतिनिधिले पनि घटनास्थलको निरीक्षण गरेको छ । कारागारमा कैदी बन्दीको मृत्युका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले बताए । पोष्टमार्टमको रिपोर्टपछि घटनाका बारेमा थप विषय खुल्ने एसपी घिमिरेले जनाए ।

कैदि लडाई साह माथि अपहरण,शरीर बन्धक र जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रौतहटले तिनवटै अपराध ठहर गर्दै २१ बर्षको सजाय तोकेको थियो ।
उनी २०७६ बैशाख ४ गतेदेखि कैदी जीवन बिताईरहेका थिए र सो समय उनी २१ बर्षका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!