प्रदेश कमिटि सदस्य श्याम विहारी यादवले शिक्षामा राजनिति नगर्न जनप्रतिनिधिहरुलाई चेतावनी

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

ओम प्रकाश यादव
मंसिर ३ गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटि सदस्य श्याम विहारी यादवले शिक्षामा राजनिति नगर्न जनप्रतिनिधिहरुलाई चेतावनी दिएका छन ।

शिक्षा क्षेत्रमा देखिएको विकृति हटाउन जनप्रतिनिधिले कडा कदम चाल्नुपर्ने नेता यादवले बताएका छन ।
जनप्रतिनिधिको लापरवाहीका कारण रौतहटको शिक्षाको स्तर दिन प्रतिदिन खस्किदै गएको नेता यादवले बताए ।
बालबालिकाको भविश्यसँग जोडिएको शिक्षा जस्तो अति महत्वपुर्ण एवं संवेदनशील क्षेत्रको सुधार गर्ने तर्फ जनप्रतिनिधिको ध्यान नजानु दुखद भएको उनले बताए ।

रौतहटको माधवनारायण नगरपालिका ६ माध्यमिक विद्यालय माधोपुरमा आज आयोजित अटोडिरियम हलको उद्घाटन कार्यक्रममा बोल्दै जसपाका युवा नेता श्याम विहारी यादवले अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले सामुदायीक विद्यालयहरुलाई आफना निजी सम्पति जस्तो कब्जा गरी राजनिति गर्न थालेको बताए ।

शिक्षामा राजनिति गर्ने चलखेल भइरहेकोले बालबालिकाको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएकोले शिक्षामा राजनिति नगर्न उनले जनप्रतिनिधिलाई सचेत गराएका छन ।
समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले आफुखुसी शिक्षक भर्ना गर्ने, आफनै आफन्तहरुलाई शिक्षक बनाएर ल्याउने जस्ता काममा लागेका कारण विद्यालयहरुमा पढाइको अवस्था कमजोर बन्दै गएको नेता यादवले बताए ।

समितिका अध्यक्ष र प्रअको चिनजान वा आफन्त शिक्षक भएपछि उनिहरु राम्रो सँग नपढाउने, नियमित विद्यालयमा नआउने जस्ता क्रियाकलापमा लागेका कारण विद्यार्थीको पढाई प्रभावित हुने गरेको उनले बताए ।

अध्यक्ष र प्रअहरुले विद्यालयलाई राजनिति गर्ने अडा बनाएको र कमाउखाने भाँडो समेत बनाएका कारण बालबालिकाको भविश्य अन्धकारमा पर्दै गएको उनले बताए ।

व्यवस्थापन समितिका अध्यक्ष र प्रअले विद्यार्थीको भविश्यसँग खोलवाड गर्दा पनि कार्यवाही गर्ने निकाय पालिकाका जनप्रतिनिधिहरु कुनै चासो नलिने गरेको उनी बताउँछन ।
शिक्षा क्षेत्रमा देखिएका यस्ता विकृति रोक्न र शिक्षा क्षेत्रको चौतर्फि सुधार गर्न निर्वाचित जनप्रतिनिधिले कडा कदम चाल्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

शिक्षाको अवस्था सुधार गर्न ४० देखी ५० जना विद्यार्थीमा कम्तिमा पनि एकजना शिक्षकको व्यवस्था गर्न नेता यादवले जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका छन ।
विद्यार्थी अनुसार शिक्षकको दरबन्दी नहुँदा विद्यार्थीको पढाई प्रभावित हुने गरेकोले विद्यार्थीको संख्या अनुसार शिक्षकको दरबन्दीको व्यवस्था गर्न समेत उनले मेयर र उपमेयरलाई आग्रह गरे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!