रौतहट मंसिर ०५ गते
नेपाली कांग्रेस बौधिमाइको प्रदेशसभा क्षेत्र ख मा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा आज अधिवेशन भएको हो ।
नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नं ३ ’ख’ प्रदेश समिति को महाधिवेशन सभापतिमा रामबाबु पटेल, उप सभापतीमा शिव गोबिन्द ,मोहम्द जिमरान , सचिव जयमंगल सिन्हा,हेम चन्द्र यादव,सह सचिव दिपेन्द्र प्रसाद पटेल रह्नु भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आइतवार अधिवेशन सम्पन्न भएको बौदीमाइका मेयर प्रत्यासी राजनबाबु जयसवालले जानकारी गराउनु भएको हो ।
सो अवसरमा काँग्रेसको नगर सभापति सुनिल जयसवाल,विधायक प्रत्यासी रामचन्द्र गिरी,बौधिमाइ मेयर प्रत्यासी राजनबाबु जयसवाल,रामलोचन मुखिया,नबल साह,नौसाद आलम,परोहा वडा नम्बर ८ का खेदु मुखिया लगायतको नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।