सनशाईन संस्थाद्धारा ७ लाख भन्दा बढी को स्वास्थ्या कार्यालय कपिलवस्तुलाई स्वास्थ्य उपाकरण सामग्री हस्तान्तरण

पछिल्लाे समाचार

कपिलवस्तु , मंसिर ७
सनशाईन सामाजिक विकास संस्था बुद्धभुमि वडा नम्बर १० चेतरादेईले स्वास्थ्य उपाकरण सामग्री हस्तान्तरण गरेको छ । अस्टे«लियान एडको सहयोग र सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपाल को साझेदारीमा सञ्चालित स्वास्थ्य प्रणालीमा सुधार परियोजनाबाट अपरेसन टेबल , ई सी जी मेशिन र कटरी मेशिन अक्सिजन सिलिन्डर लगायत उपाकरण सामग्रीहरु स्वास्थ्य कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरिएको हो । ७ लाख ३४ हजार ८ सय ५० रुपाय बराबरको सो उपाकरणहरु संस्थले नगर प्रमुख किरण सिंहलाई हस्तान्तरण गरेको थियो ।

सोहि कार्यक्रममा नगर प्रमुख सिंहले सो उपाकरणहरु कपिलवस्तु अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डन डा.किशोर बन्जाडे लाई हस्तान्तरण गरेका थिए ।
अपरेसन टेबल , ई.सी.जी.मेशिन र कटरी मेशिन लगायत समग्री बाट कोभिड–१९ प्रतिकार्यमा स्वास्थ्य प्रणालीमा सुधार हुने उद्देश्यले समग्रीहरु हस्तान्तरण गरिएको यू.एम.एन. कपिलवस्तुका टिम लिडर रुप कुमार वि.क. बताउनुभएको थियो । सामग्रीबाट कोभिड –१९ बाट प्रभावित भएकाहरुलाई उपचारमा सहजत प्रदान गरिने वि.क.को विश्वास छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले अपरेसन टेबल ,ई.सी.जी.मेशिन र कटरी मेशिन लगायत उपाकरणहरु कपिलवस्तु अस्पताल तौलिहवालाई प्रदान गर्ने सनशाईन संस्थालाई धन्यावद दिनुभएको थियो । सनशाईनले विगतका दिनहरु र कोभिड –१९ मा विभिन्न किसिमको सहयोग गरेको सम्झदै अगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिनहुन् सिंहले अग्रह गर्नुभएको थियो ।
संस्थाले प्रदान गरेको उपाकरण बाट कपिलवस्तु अस्पताल तौलिहवालाई धेरै महत्वपूर्ण सहयोग पुगेको कपिलवस्तु अस्पतालका मे.सु. डा.किशोर बन्जाड बताउनु भएको थियो ।

सामग्रीको सक्दो प्रयोग गर्ने र यसबाट नागरिकहरुले धेरैभन्दा धेरै लभान्वित हुने डा.बन्जाड विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहको अध्यक्षतामा भएको थियो ।

कपिलवस्तु अस्पताल तौलिहवाका मे.सु. डा.किशोर बन्जाडे , अस्पताल व्यवस्थापक रत्नाकर शुक्ला , यू.एम.एन. कपिलवस्तुका टिम लिडर रुप कुमार वि.क. सर्जन डा.शहजाद अहमद्द खान , यू.एम.एन.प्रोग्राम व्यवस्थापन सन्जु गौतम ,सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठ , स्वास्थ्य प्रणालीमा सुधार परियोजनाका सयोजक एलिशा देव , लेख प्रमुख शहाबुद्धीन फकिर , हेमराज थारु लगायतको कायक्रममा उपास्थिाति रहेको थियो ।सनशाईन सामाजिक विकास संस्थाद्धारा संचालित स्वास्थ्य प्रणालीमा सुधार परियोजनाका सयोजक एलिशा देवले कार्यक्रमको संचालन गरेकी थिइन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!