बाल-बिवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


मुकेश कुमार साह
रौतहट ७ मंसिर
रौतहट जिल्लामा बाल-बिवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथ-साथ सिकाई संजाल रौतहटको आयोजनाको गौतम होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पानसमा बती बालेर कार्यक्रको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रधानले रौतहटमा बाल विवाह दिनानुदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कानुनी रुपमा संयन्त्र तयार पारी न्यूनीकरण तर्फ लाग्नुपर्ने बताएका थिए ।

यसका साथै उहाले बाल विवाह सामाजिक रुपमा अपराध भएको भन्दै अभिभावकहरु मुख्य रुपमा आफनो घरमा भूमिका खेल्नुपर्ने, अभिभावक जानकार र सचेत हुनुपर्ने, उमेर नपुगेको बाल विवाह नगराउने, जस्ता कार्य गर्न सकिने कुरा बताउनु भएको थियो । यस्तै कार्यक्रमका बिशिस्ट अतिथि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले प्रहरी प्रशासनमा बालविवाहका उजुरी न्यून मात्रामा आउने गरेको र आए पनि दुवै पक्षबाट मुद्धा हाल्ने विषयबाट जोगिन खोजेको बताउनु भयो ।

उहाँले जिल्लामा सबै सरोकारवालाहरुविच समन्वय र सहकार्य गरेर अन्तरक्रियामा राखिएका एजेण्डाहरुलाई कार्यान्वयन गर्नु पर्नेमा जोड समेत दिनु भयो । यस्तै कार्यक्रममा को-क्यापका प्रदेश २ सचिव महिला अधिकारकर्मी देवकी नेपालले सबै निकायहरु आ आफनो स्थानबाट लाग्नुपर्ने आजको आवश्यक्ता रहेको भन्दै मुख्य कुरा शिक्षित र प्रशिक्षित गराउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा को क्याप्का प्रदेश २ फोकल पर्सन अम्बिका पौडेलले बाल विवाह भनेको के हो ? रौतहत्म बालविवाह र नेपालको अवस्था, बाल विवाह सम्बन्धी कानुनी प्रावधानहरु, बालविवाहका कारणहरु, बालविवाहका असरहरु, बाल विवाहले असर पार्ने क्षेत्र, बालविवाहका चुनौतीहरुका बारेमा जानकारी गराएका थिए । बालविवाह धार्मीक, सामाजिक, साँस्कृतिक, परम्परा अनुसार अभिभावकले विवाह गरेको, गरिबी, खाद्य, असुरक्षा, उचित मार्गदर्शनको अभाव, घरेलु हिंसा र दुव्र्यवहार, पारिवारीक अखण्डता जस्ता कुराले बालविवाह बढ्दै गएको विषयमा जानकारी दिईएको थियो।

साथ-साथ सिकाई संजाल रौतहटका अध्यक्ष कमल ढकाल घिमिरेको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन इन्सेक रौतहटका संयोजक कोपिला तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक अगुवा, महिला अधिकारकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!