सर्लाही आइडल फाइनल प्रतिस्पर्धा आइतबार हुने (स्थानीय)भाषाको चलचित्र निर्माण गर्ने घोषणा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राजिव शाह-
सर्लाही,मंसिर ११
“सर्लाहीको सान सर्लाहीको मान” भन्ने नाराका साथ विज्ञाप सेवा समिति(विसेस) सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धामा छनौटका लागि गायक गायिकाहरु बीच कडा प्रतिस्पर्धा अन्तर्गत १३ उत्कृष्ट प्रतियोगी फाइनलमा प्रवेश गरेको छ ।
सनिवार प्रतियोगिताहरुको फाइनलमा प्रवेश पाउनका लागि ३० जना बीच कडा प्रतिस्पर्धा चलेको आयोजक संस्था विज्ञापन सेवा समिति (विसेस )सर्लाहीका अध्यक्ष बख्तियार अलीले जनाएको छ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेको कुशुम पार्टी पैलेसको हलमा भइरहेको उक्त प्रतियोगितमा सेमिफाइनलबाट छानिएका १३ जना गायक-गायिकाहरु बीच आइतबार १२ गते फाइनल प्रतिस्पर्धा हुने प कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ ।
सर्लाहीमलंगवा ,लालबन्दी ,बरहथवा,हरिपुर्वा,कबिलासी,ईश्वरपुर,हरिपुर र बलरा नगरपालिका तथा कौडेना र धनकौल गाउँपालिकाका गायक गायिकाहरुले भाग लिएका छन् ।
प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद ५१ हजार, उपबिजेताले नगद ३१ हजार र तेस्रो हुनेले नगद २१ हजार रुपैयाँ र कदरपत्र प्राप्त गर्ने छन् ।

निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् भने कार्यक्रमको संचालन पत्रकार क्षितिज विश्वकर्माले गरिरहनु भएको छ ।

जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोग तथा प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव तथा संस्थाहरु प्रति आयोजक कमिटी कृतज्ञ रहेको र उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइको आयोजकले जनाएको छ ।
यसै अवसरमा नेपालमै सबैभन्दा बढी लगानीमा निर्माण हुन लागेको नेपाली (स्थानीय) भाषाको फिचर फिल्म(चलचित्र) को समेत घोषणा गरिएको छ ।विसेस सर्लाहीले निर्माण गर्ने उक्त चलचित्रको नाम “मधेश एक्सप्रेस” राखिएको निर्माण कमिटीले जनाएको छ,जसको लागि लगानीकर्ता सँग समेत सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको चलचित्र निर्माता संस्थाले जानकारी गराएको छ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!