ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताद्वारा डाईभर्सन निर्माण कार्य सम्पन्न

पछिल्लाे समाचार

स्मिथ रजक
रौतहट मंसिर १३गते
रौतहट सदरमुकाम गौर सम्म पुग्न सजिलो बाटोको रुपमा रहेका लाल बकैया नदीमा इशनाथ नगरपालिकाबाट अस्थायी डाईभर्सनको निर्माण भएपछि जनताहरुलाई निकै खुसी भएको छ ।
रौतहटको पश्चिमी र दक्षिणी भेगमा अवस्थित रहेको इशनाथ नगरपालिकाको बन्जरहा, औरैया, वैरिया, मठिया, डुमरिया र राजपुर नपाको बलुवा सहितको गाउँका बासिन्दाहरु २० किलोमिटर घुमाउरो बाटो भएर सदरमुकाम गौर आउदै गरिएको पिडालाई दृष्टिगत गर्दै इशनाथ नगरपालिकाबाट औरैया टिकुलियाको विचमा रहेको लालबकैया खोलामा ह्युम पाइप राखेर अस्थायी डाईभर्सन निमार्ण गरेपछि त्यस भेगका जनताहरुलाइ निकै सुविधा भएको हो ।
विगत ८ बर्ष अघि देखि गौर औरैयालाई जोड्न निर्माणाधिन पक्कि पुलको कार्य ५० प्रतिशत पुरा नभई निर्माण कम्पनी साइट छाडेका कारण पक्कि पुल अलपत्र अवस्थामा रहेको तथा २०७५ साल भदौं महिनामा डुंगा निर्माणाधिन पुलको पिलरमा ठोक्किएर ५ जनाको ज्यान गईसकेपनि राज्य त्यस तर्फ जिम्मेवार नभएपछि निर्माणको प्रक्रिया अधुरै रहेको छ ।
लालबकैया पारी तथा वारीका जनताहरुलाई ३ किलोमिटर पुग्न २० किलोमिटरको घुमाउरो बाटो तय गर्नुपर्ने बाध्यता रहेको तथा सो सन्दर्भमा जनताहरुको मागलाई दृटिगत गर्दै इशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहता र निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता सहितको कर्मचारीको अथक प्रयासबाट टिकुलिया स्थित लालबकैया नदीमा अस्थायी डाईभर्सन निर्माण भएको नगर प्रमुख सन्तोष कुमार मेहताले जनाएका छन् ।
गाउँ गाउँमा सिंहदरवारको नारा दिएर स्थापित भएका स्थानीय तहबाट हरेक नागरिकलाई जति सक्दो सेवा सुविधा प्रदान गर्न आफू हर सम्भव प्रयासरत रहेको बताउदै मेयर मेहताले शिक्षा, स्वास्थ्य, खानेपानी र बाटोघाटोलाई पहिलो प्राथमिकताको सुचीमा राखेर कार्यहरु अघि बढाएको दाबी गरे । नगरपालिका बन्नु अगावै विकासको पूर्वाधारबाट बंचित रहेको इशनाथको सवै वडामा अहिले विकासै विकासको लहर आएको हुँदा जनताको आधारभुत आवश्यक्तालाई पहिचान गरेर त्यही अनुरुपको कार्य अगाडी बढाएको स्पष्ट पारे ।
धेरै पटक जनताहरु गौर औरैयाको विचमा पर्ने लालबकैया खोलामा अस्थायी भएपनि डाईभर्सन बनाइदिनुस भने आग्रह एवं माग आएपछि ७ लाखको लागतमा १५ दिन भित्र अस्थायी डाईभर्सनको निर्माण गराएर संचालनमा आएपछि जनताहरु उत्साहित भएको छन।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!