रौतहटको भेलहीमा दलित बस्तीमा नगर उपप्रमुख साहद्वारा मन्दिरको उद्घाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राजेश पासवान।मंसिर १९ ।रौतहट ।

माधवनरायण नगरपालिकाकि नगर उपप्रमुख सिमल कुमारी साहले फेरीपनि अर्को नयाँ सराहनीय कार्य गरेकि छिन।

माधवनरायण नगरपालिका वडा नम्बर ३ भेलहीको दलित बस्तीमा नगर उपप्रमुख साहले आफ्नो कोषबाट १६ लाख ५० हजार रकमको लागतमा निर्माण पश्चात् आईतवार सो मन्दिरको उद्घाटन गरेकिछिन।

यो भन्दा अघि पनि उनले आफ्नै कोषबाट माधव नरायण ६ को दलित बस्तीमा ६ लाखको लागतमा सलहेश मन्दिरको उदघाटन गरेकिछिन भने सोही वडामा रहेको श्री माध्यमिक विधालय माधोपुरमा ४० लाखको लागतमा अटोडिरियम हलको पनि उद्घाटन गरेकिछिन।

त्यसैगरी उनले आफ्नै कोषबाट खेसरहीयामा सामुदायिक भवन निर्माण गरेकि छिन भने अबको केही दिनमै सोही गाउँमा पुजारी श्री राम साहको मठको प्राङ्गणमा हनुमान मन्दिरको पनि उदघाटन गर्ने त्यारीमा छिन् र अरु-अरु ठाउँमा पनि सडक ढलान देखि नालानिर्माण को कार्यमा पनि सक्रियता देखाएकि छन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुखले दलित समुदाय अत्यन्तै कम्जोर र पिछडिएको समुदाय रहेकोले नव निर्मित भवनमा दलित समुदायको मिटिङ,भेला गोस्टी लगायत छेका र विवाहको कार्यहुने बताउदै उनी आफू संग रहेको हरेक बजेटको आफुले सदुपयोग गर्दै आएको र जनताले चाहेभने आगामी दिनहरुमा पनि आफुले आफ्नो नगरभरीको चौतर्फी बिकाश गर्दैजाने बताइन्।

त्यसैगरी उपप्रमुख को हातमा थोरैमात्र बजेट रहेकोले आफुले चाहेर पनि समाजको विकास निर्माण कार्य पुर्ण रुपले न सकेकोमा उनले जनता सामु क्षमा याचना गर्दै,केन्द्र र प्रदेश बाट आएको बजेटमा आफू सधैं पक्षपात झेलिरहेको खुलासा गरिन।

नगरपालिकामा आएको बजेट मध्येको थोरैहिसा बजेट मात्र आफुले चलाउन पाए,र आफुले आफ्नो कोषमा पाएको बजेटलाई सदुपयोग गरेर आफू गौरवान्चित महसुस गरिरहेको उनी बताईन।

सो अवसरमा त्यहाँ उपस्थित सर्वसाधारणले पनि नगर उपप्रमुख साहलाई धन्यवाद भन्दै आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग गर्न उनिसंग आग्रह समेत गर्नुभएको छ।

उक्त कार्यक्रमको अध्यक्षता मंगर भगत हजराले गर्नुभएको थियोे भने,कार्यक्रमको प्रमुख अथितिमा नगर उपप्रमुख सिमल कुमारी साह रहेकि थिइन् ।त्यसैगरी सो कार्यक्रमको बिशिस्ट अथितिमा सोही वडाका वडा अध्यक्ष राजकुमार यादव,अथितिहरुमा नेकपा एमाले प्रदेश सदस्य उमाशंकर साह र जिल्ला सदस्य रामकृत साह रहेका थिए भने कार्यक्रममा स्थानीय महिला,पुरुष एवम् स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो र सो कार्यक्रमको उदघोषण नेकपा -का युवा नेता बिगनेस पासवानले गर्नुभएको थियो।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!