राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय उद्घाटन, विभेदको स्वरुप परिवर्तन भएको विश्वकर्माको भनाई

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

वीरगञ्ज, २९ मंसिर ।
राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीस्थित कार्यालयको प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सुन्दर विश्वकर्माले उद्घाटन गरेका हुन् ।

संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विश्वकर्माले जाततन्त्र राजतन्त्रभन्दा पनि खतरा रहेको बताए । राजतन्त्र अन्त्य भएपनि समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल हुन नसक्दा दलित समुदाय उपेक्षामा पर्दै आएको विश्वकर्माको भनाई छ । विगतमा अपमानपूर्वक हुने विभेदको स्वरुप परिवर्तन भएर सम्मानपूर्वक विभेदको रुप लिएको प्रदेश सभा सदस्य विश्वकर्माले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागीता बढाउनका लागि सरकारले दलित आरक्षणको व्यवस्था गरेको बताए । समयको विकासक्रमसँगै मानिसको मानसिकता पनि विकास हुने क्रममा रहेको हुँदा विस्तारै जातिय व्यवस्था व्यवहारिक रुपमा पनि अन्त्य हुने पौडेलको विश्वास छ ।

त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले जातिय विभेदको विरुद्धमा जनतालाई जागरुप बनाउनुपर्नेमा जोड दिएका छन् । दलित पत्रकार संघसँग सहकार्य गरेर जातीय व्यवस्थाको विषयमा बहस गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न संघलाई सुझाव दिँदै संघका हरेक गतिविधिमा सहयोग गर्ने पनि डा. गुप्ताले प्रतिबद्धता जनाएका छन् । समाजको तिथो यथार्थको विरुद्धमा दलितका आवाजलाई दलित पत्रकारले नै उठान गर्नुपर्नेमा गुप्ताको जोड थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेदजस्ता विकृतीको अन्तय नहुने बताए ।

यस्तै पहुँचमा पुगेका दलितहरु नै शासक बन्दा पनि दलित समुदायको उत्थान हुन नसकेको नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको धारणा छ । निर्वाचित जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि एवम् बाहिर समानताका कुरा गर्नेहरुले नै छुवाछुत र जातीय विभेदलाई अंगीकार गर्दा परिवर्तन हुन नसकेको भन्दै अन्सारीले चिन्ता व्यक्त गरे ।

जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले देशमा अँझै पनि जातीय विभेदको विषयमा बहस हुनु दुखद विषय भएको बताए । समानता र समावेशिताको विषयमा जसपाले विगतदेखि नै आवाज उठाउँदै र दलितलाई पनि अवसर प्रदान गर्दै आएको अहमदको दावी छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताए । अरुका आवाज उठाउने पत्रकारहरु आफै कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने सोच्नुपर्ने विषय भएको बताउँदै लामिछानेले आफूलाई ठूलो मिडिया हाउस भन्नेहरुले पनि न्युनतम पारिश्रमिक समेत लागु नगरेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य गया हजरा पासवान, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, माओवादी केन्द्र प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठा, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ की कोषाध्यक्ष सावित्री शर्मा लगायतको उपस्थिती रहेको दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेब बादलले जानकारी दिए ।

संघका सल्लाहकार बृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!