पश्चिम् नवलपरासीम १० जना फरार अभियुक्त पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


पुस ११
उर्मिला यादव
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले आज आइतबार ३५ बर्षदेखि फरार रहेका १ जना सहित १० जना फरार अभियुक्त पक्राउ गरेको छ । नवलपरासी जिल्ला अदालतबाट २०४३ सालदेखि २०६९ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका लागु औषध मुद्धाका १ जना, वन मुद्धाका १ जना, गाली बेईजती मुद्धाका १ जना, अंशवण्डा मुद्धाका १ जना, जालसाजी मुद्धाका १ जना, नागरीकता मुद्धाका १ जना, हक कायम मुद्धाका २ जना, गौबध मुद्धाका १ जना र कर्तव्य ज्यान मुद्धाका १ जना गरी १० जना फरार अभियुक्तहरु पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाको सरावल गाँउपालिकाबाट ४ जना, बर्दघाट नगरपालिकाबाट ५ जना र प्रतापपुर गाँउपालिका बाट १ जना फरार अभियुक्त पक्राउ गरेको जनाएको छ । आज आइतबार पक्राउ पर्नेमा २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्धाका फरार अभियुक्त पनि छन्,

निजलाई जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरीवाना तोकिएको छ भने निज बर्दघाट नगरपालिकाबाट पक्राउ परेका हुन् । अदालतको लगत अनुसार पक्राउ पर्नेमा अधिकतम सजाय लागु औषध मुद्धाका १ जना अभियुक्तको १ बर्ष कैद र १ हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य ९ जना अभियुक्तहरुको कसुर अनुसार ५० रुयैयाँ देखि २० हजार रुपैयाँ सम्म जरीवाना तोकिएको छ । पक्राउ परेका १० जना अभियुक्तहरुको सजाय १ बर्ष कैद र २९ हजार २ सय ३७ रुपैयाँ जरिवाना रहेको छ ।

पक्राउ गरीएका सबै १० जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भएको छ ।

हालसम्म बिभिन्न मुद्धाका ९० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको शाहीले जानकारी दिनु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!