बाल बिवाह न्यूनीकरणमा पत्रकारहरुको भूमिका सम्वन्धि दुइ दिवसीय तालिम सम्पन्न

पछिल्लाे समाचार

११ पौष
युएनएफपीए सहयोग एण्ड चील्ड मैरेजको सहकार्य तथा संचारिका समुहको आयोजनामा रौतहट जिल्लाको गौरमा आयोजित बाल बिवाह न्यूनीकरणमा पत्रकारहरुको भूमिका सम्वन्धि दुइ दिवसीय पत्रकारहरुको तालिम आइतवार सम्पन्न भएको छ ।
बाल विबाह न्यूनीकरण गर्न संचारकर्मीको भूमिकालाइ अझ प्रभावकारी बनाउने उदेश्यले आयोजना गरिएको तालिमको समापन समारोहमा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बाल बिवाह सामाजिक कुरीति हुनुको साथै कानुनी अपराध भएकोले यसलाई न्यूनीकरण गर्ने कार्यमा सवैको भूमिका अपरिहार्य भएको बताएका छन् ।

प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मेयर गुप्ताले समाजको परिवर्तन तथा राष्ट्रको विकासमा ठुलो भूमिका निर्वाह गर्ने पत्रकारले सामाजिक विकृतिलाइ हटाउने कार्यमा पनि सकारात्मक भूमिका खेल्नु पर्ने जोड दिए । उहाले कसै प्रति आग्रह पूर्वाग्रह नलिएर विशुद्ध रुपमा सामाजिक विकास प्रति इमान्दारिता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।

निर्वाचित जनप्रतिनिधि सम्वन्धित कार्यालयका जिम्मेवार व्यक्तिले गर्दै आएको कार्यलाइ निगरानी गर्नुको साथै आम नेपाली जनतालाइ सुसुचित गर्ने कार्य पत्रकारको भएको भन्दै बाल विबाह ,घरेलु हिंसा , बहु विबाह जस्ता असामाजिक कार्यको न्यूनीकरणको लागि कलम चलाउन आग्रह गरे ।
मेयर गुप्ताले भने आफनो जिम्मेवारीबाट पछि नहट्नु दायित्व निर्वाह गर्नु समाजमा परिवर्तन आउछ । सरकार बनाउन र ढाल्न सकिने क्षमता भएको पत्रकारले सामाजिक विकास ,समाजमा भएको लैंगिक विभेद हटाउन जिम्मेवारी पूर्ण भूमिका खेले केहि हद सम्म न्यूनीकरण हुने विस्वास व्यक्त गरे ।

उहाले विहेमा जादा बेहुला र बेहुलीको उमेर पत्ता लगाएर सहभागी हुन् सुझाव दिए । विबाहमा वितरण हुने निमन्त्रणा कार्डमा केटा केटिको जन्म मिति खुलाउने परिपाटीको विकास गर्नु पर्ने जोड दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले शिक्षित समाज भन्दा बढी अशिक्षित परिवारमा बाल बिवाह हुने गरेको बताए । शिक्षा हासिल गरेकाले बाल विबाह गर्न नसकिने भन्दै कानुन र शिक्षाको जानकारी नभएको परिवारले बाल बिवाह गर्ने गरेकोले शिक्षाको स्तर बढाउनु पर्ने उहाको कथन रहेको छ ।

कर्णाली प्रदेशको सुर्खेत बसेको क्रममा बाल विबाहलाइ न्यूनीकरण गर्नको लागि चालिएको कदमको उदाहरण प्रस्तुत गर्दै प्रजिअ शाहीले विबाह गराउने धार्मिक गुरु , पण्डित ,पुरोहितलाइ २० वर्ष भन्दा कम उमेर भएको बाल बालिकाको विहे नगराउने विषयमा प्रशिक्षण दिए प्रभावकारी हुने सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले रौतहटमा बाल बिवाहको घटना बढी रहेपनि प्रहरीमा उजुरी दिनेको संख्या न्यून रहेको बताएका छन् ।

गत आर्थिक वर्षमा ३ वटा बाल विवाहको उजुरी परेपनि चालु आर्थिक बर्षमा एउटा पनि उजुरी नआएको हुदा बाल बिबाहको घटना भै रहेको होइन भन्ने अवस्था नरहेको उल्लेख गरे ।
सामाजिक मुल्य मान्यता ,परम्परागत सोचको कारण बाल बिवाह हुदा पनि बाहिर आउँन नसकेको कारण हुन् सक्ने बताउदै बाल विबाह कानुनी अपराध भएकोले

यस्तो कार्य गर्नेको विरुद्ध उजुरी गर्न जनचेतना जगाउनु पर्ने जोड दिए ।
बाल विबाह गर्ने ,गराउनेलाइ कानुन बमोजिम ३ बर्ष कैद र ३० हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको हुदा यस्तो कार्य गर्नेलाइ प्रहरीले कानुनी कार्यवाही गर्न पछि नहट्ने प्रतिवद्धता जनाए ।
प्रहरी उपरीक्षक घिमिरेले कम उमेरमा भागी विबाह गर्ने प्रचलनले जटिल समस्या निम्त्याएको जिकिर गर्दै रौतहटमा जातिपाति प्रभावले कानुनी कार्यवाहीमा समस्या हुने गरेको बताए ।
केटा बढी उमेर भएपनि कम उमेरको केटि संग भागेर विबाह गर्ने गरेको अवस्था रौतहटमा रहेको देखिएको जनाए । सामाजिक संजालको प्रयोगको कारण बाल बालिकामा नकारात्मक असर परिरहेको जिकिर गरे ।
कम उमेरमा छोरा छोरीको विबाह गर्दा जन्म लिने बच्चाको जन्म दर्ता गराउन ठुलो समस्या हुने अधिवक्ता लक्ष्मी पोखरेलले बताएका छन् । उहाले सामाजिक सोच परिवर्तन नभए सम्म बाल विबाह को घटनामा कमि नआउने बताउदै त्यसको लागि पत्रकारले ठुलो भूमिका खेल्नु पर्ने उल्लेख गरे ।

बाल विबाहले निम्त्याउने असरको बारेमा मीडियाको मार्फत समाजमा जानकारी गरे प्रभावकारी हुने विस्वास व्यक्त गर्दै पोखरेलले बाल विबाहले अल्पायु मै मृत्यु हुने जोखिम बढी रहेकोले कानुनले निर्धारण गरेको उमेर २० बर्ष परि छोरा छोरीको विहेवारी गर्न आग्रह गरे ।

२० जना पत्रकार सहभागी भएको २ दिने तालिममा सस्थाको अध्यक्ष नितु पण्डित , अधिवक्ता लक्ष्मी पोखरेलले प्रशिक्षण दिएका थिए । वाल विबाह न्यूनीकरणको लागि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह समेत गर्ने तालिममा सहभागी पत्रकारहरुले सामुहिक प्रतिबद्दता समेत जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!