रौतहटमा स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगे

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट पुस १३ गते । रौतहटमा स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । मंगलबार जिल्लाको गढीमाई नगरालिका–३ गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटीया टोलमा जन्ती गएर फर्कने क्रममा सो स्कोरपियो गरुडा नगरपालिकाको जयनगरमा दुर्घटना भएको थियो ।

गौर चन्द्रनिगाहपुर सडकखण्डको जयनगरमा भारतीय नम्बर बीआर ०५ पीए ६९५३ नम्बरको रातो स्कोरपियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट उछिट्टिएर बिजुलीको पोलको करिब १० फिट माथि ठोक्किन पुगेको थियो । बिजुलीको पोलमा ठोक्किएर गाडी खाडलमा दुर्घटनाग्रस्त भएको हो ।
मृत्यु हुनेहरुमा १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा.मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, शेख अबुलेस रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी सोही दुर्घटनामा परेर १५ वर्षीय शेख अमानत, १६ वर्षीय शेख अलफाज, १७ वर्षीय शेख करिमुल्लाह गम्भीर घायते भएका छन् । घाइतेहरुको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनाबाट घाइते भएकाहरुको गरुडास्थित ग्रान्डी अस्पताल, हेल्थल्याण्ड अस्पतालमा र वीरगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए । तीब्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!