राम्रो कार्य देखेर विपक्षी हल्लिन थाल्यो मेयर गुप्ता

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट १६ पौष
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नगरपालिका भित्रका सवै वडामा बसोवास गर्ने हिन्दु तथा मुस्लिम समुदायका इच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक स्थलको अवलोकन भ्रमण गराउने घोषणा गरेका छन् !
चिसोबाट राहत पाउने उदेश्यले नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत शुक्रवार ५ औ दिन गौर नगरपालिका वडा नम्बर ३ मा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मेयर गुप्ताले नगरपालिकाले हिन्दु समुदायका जेष्ठ नागरिकलाइ हिन्दुहरुको धार्मिक स्थल तथा मुस्लिम समुदाय का जेष्ठ नागरिकहरुलाई मक्का मदिना एवं हजको अवलोकन भ्रमण गराउने योजना बनाउन लागेको बताए !
जेष्ठ नागरिक सम्मानका पात्र हुन् उनले भने उहालाई सम्मान गर्नु छोरा छोरीको कर्तव्य हो ! जेष्ठ नागरिक अभिभावकको रुपमा रहेकोले सम्मान गर्न पाउदा आफु गर्वान्वित भएको बताउदै सवैले सम्मान गर्नु पर्ने संदेश दिनको लागि यस्तो अभियान संचालन गरेको जनाए !
मेयर गुप्ताले यो प्रत्येक बर्ष संचालन गर्नको लागि नीति योजना बनाईएकोले जो निर्वाचित भएर आए यसलाई निरन्तरता दिने दावी गरे ! उहाले आफुले संचालन गरेको यो कार्य अव जिल्लाको अरु नगरपालिकाले यसलाई अनुसरण गर्दै संचालन गर्ने विस्वास व्यक्त गरे !
बृद्ध अवस्थामा पुग्ने जो कोहीलाई समस्या हुने उल्लेख गर्दै ७० वर्ष पर गरि सकेका आमा बुवालाइ छोरा बुहारीले सम्मान गर्नु पर्ने धर्ना राखे ! विपक्षीहरुले चुनावको समय आएकोले यस्तो गर्नलागेको भनि गरिरहेको नकारात्मक टिप्पणी गलत रहेको टिप्पणी गरे !
जान प्रतिनिधि विहिन भएको २० वर्षको अवधिमा नगरपालिकामा नभएको कार्य ४ वर्षमा गरेको दावी गर्दै मेयर गुप्ताले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाइ सहज रुपमा पाउने व्यवस्थापन गरेको जनाए !
शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार ,भौतिक पूर्वाधारको निर्माण , स्वास्थ्य कार्यालय भवन निर्माण , विद्यालय भवन निर्माण गर्नुको साथै सडकको विस्तार निर्माणको कार्यको साथै धार्मिक स्थल मठ ,मन्दिर , मस्जिद , पोखरी सौन्दर्य्करण , बरहवा तालको सौन्दर्य्करण उदाहरनिय कार्य भएको दावी गरे ! नगरपालिकामा भएको विकासको कार्य देखेर निर्वाचन हारेकालाइ मानसिक तनाव उत्पन्न भएको कटाक्ष गर्दै मेयर गुप्ताले विपक्षीको निन्द्रा आउँन समेत छोडेको बताए !
निर्वाचनमा पराजित भएका व्यक्तिले विकास नभएको भनि सामाजिक संजालमा नकारात्मक आलोचना गर्दैमा मैले गरेको कार्य प्रभावित नहुने जिकिर गर्दै गरेको विकासको कार्य पनि हेर्न सुझाव दिए !
वडा अध्यक्ष श्यामसुन्दर पटेलको सभापतित्मा भएको सम्मान कार्यक्रममा निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले नगरपालिकाले जेष्ठ नागरिकलाइ सम्मान गर्नु पर्ने संदेश दिनको लागि यस्तो अभियान संचालन गरेको र यो भविष्यमा पनि निरन्तर रुपमा संचालन हुने बताए !
कार्यक्रममा कार्यपालिका सदस्य संजय कर्ण , ललित देवी , न्यायिक समितिको सदस्य भिखारी राउत , जसपाका केन्द्रिय सदस्य राघबेन्द्र झा लगायतका सहभागितामा २०८ जनालाइ कम्बल ,दोसल्ला , टर्च र १ किलो च्यावनप्रास वितरण गरिएको थियो !

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!