प्रदेश २ मै अग्रनी स्थानमा : गौर नगरपालिका

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ,२१ पौष । यही पौस १८ गतेका कोभिड १९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको बर्दिवासमा सम्पन्न बैठकबाट प्रदेश नम्बर२ का पालिका मध्ये सब भन्दा बढी गौर नगरपालिकाले खोप दिएका प्राप्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले पुष मसान्त भित्र ६६ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिनु पर्ने राष्ट्रिय लक्ष्यलाई पुरा गर्न प्रदेश भित्र युद्ध स्तरमा खोप कार्यक्रम संचालन गर्नु पर्नेमा उहाँले जोड दिनु भएका थिए।

रौतहटको सबभन्दा पुरानो गौर नगरपालिकाले कोरोना १९ विरुद्धको खोप दिनमा प्रदेश नम्बर २को आठै मध्ये अग्र स्थानमा रहेको नगर प्रमुख अजय कुमार गुप्ताले बताएका हुन् ।
गौर नगरपालिकाको मेयर अजय गुप्ताको अथक बारम्बार प्रयासले प्रदेश नम्बर २ मै कोभिड १९ विरुद्धको सब भन्दा बढी खोप लिनेको संख्यामा बाक्लो वृद्धि भएको देखिन्छ ।

गौर नगरपालिका रौतहटको जिल्लामा रहेको १८ पालिका मध्ये अग्रणी स्थान हुदै प्रदेश नम्बर २ को आठ ओट्टै जिल्लामा रहेको पालिका मध्ये नम्बर १ स्थान रहेको नगर प्रमुख अजय गुप्ताको विश्व महामारी फैलिएको हुदा नगरवासीको स्वास्थ्य तथा ज्यान सुरक्षाको लागि लागि परेको मेहनत एवं कुशल निर्देशनले साबित गरेको छ ,नगरवासी भन्छन् ।

कोभिड १९ विरुद्धको खोप ३५ हजार ८ सय ९ वटा डोज संचालन भइ सकेको जसमध्ये १८ वर्ष भन्दामाथि ३१ हजार ३सय २७ र नगरपालिका मातहत रहेको विद्यालयमा अध्ययनरत विद्यार्थी १२- १७ वर्ष सम्मलाई ४हजार ४ सय ८२ डोज दिएतापनि हाम्रो लक्ष्य १० हजार विद्यार्थी दिने गौर नगरपालिका जनस्वास्थ्य प्रमुख प्रमोद राय यादबले बताएका छन् ।

गौर नगरपालिका मातहत रहेको सामुदायिक विद्यालय १९ वटा तथा गैर सामुदायिक विद्यालय २०वटामा अध्ययनरत १० हजार विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप दिने नगरपालिकाले लक्ष्य राखेको गौर नगरपालिका जनस्वास्थ्य प्रमुख प्रमोद राय यादबले बताएका छन् ।

गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले नगरको विकास (स्वास्थ्य ,शिक्षा र बिकास निर्माणकार्य )मा एक पछि एक सफलताको अग्रनी स्थान बाजि मारि रहेका छन्
। गौर नगरपालिकाको अभियान, जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले ज्येष्ठ नागरिकलाई कम्बल, होर्लिक्स, टर्च, दोसल्लाले सम्मान गर्दै आइरहेका छन् ।

नगर प्रमुख अजय गुप्ता गुप्ताले भने जेष्ठ नागरिक सम्मानका पात्र हुन् , उहालाई सम्मान गर्नु छोरा छोरीको कर्तव्य हो, जेष्ठ नागरिक अभिभावकको रुपमा रहेकोले सम्मान गर्न पाउदा आफु गर्वान्वित भएको बताउदै सवैले सम्मान गर्नु पर्ने संदेश दिनको लागि यस्तो अभियान संचालन गरिएको बताए ।

रौतहटको गौर नगरपालिका वडा नं. १,२,३,४,६ का जेष्ठ नागरिकलाई सम्मानित गरिएको छ भने बाकी वर्डा र अभियान चलुन दिन सम्म ७० वर्ष पुगि सकेका नागरिकको विवरण आएकालाई सम्मानित गर्ने कार्यक्रम चलिरहेको एव ७० वर्ष का नागरिक छुट परेकालाई विवरणमा समावेश गराउन समेत नगरवासीलाई सुसूचित गराएको नगर प्रमुख अजय गुप्ताले जानकारी गराए।

तिन अधि अत्याधिक चिसो बढना साथ गौर नगरपालिका
मेयर अजय गुप्ताले रौतहटको सदरमुकाम गौर स्थित रहेको कार्यालयमा आएका सेवाग्राही एवं नगरवासीलाई समेत चिसो बाट बच्न चौक चौकमा दाउरा व्यवस्थापन गरेका थिए।
आगो तापेर चिसो बाट बच्न दाउरा बजार को हरेक चौक चौराहामा खसालेर नगरपालिका कर्मचारीहरुले आगो बाली सेवाग्राहीहरुलाई सहयोग गरेका थिए।

प्रदेश न.२ मा पहिलो रौतहट जिल्लाको स्थानीय तहहरु मध्ये गौर नगरपालिकाले विश्वको कुनैपनी कुनाबाट बिधुतिय प्रविधि बाट भुक्तानी ( E-Sewa, Khalti) मार्फत विल तिर्न सकिने सेवा शुभारम्भ भै सकेको मेयर अजय गुप्ताले बताए

गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताको विषेश पहलमा बिधुतिय प्रविधि बाट भुक्तानी सेवा सुरु गरिएको हो।
गौर नगरपालिकाको वडाहरुबाट काटिदै आएको विभिन्न प्रकारका सेवा वापतको रसिद जस्तै: मालपोत कर , सम्पत्ति कर, घर बहार कर र व्यवसायी कर जस्ता करहरु अब घर बसीबसी विभिन्न इलेक्ट्रोनिक सेवा ( E-Sewa, Khalti) मार्फत विल तिर्न सकिने न. पा. ले सेवा सुरु गरेको नगर प्रमुख अजय गुप्ताले बताएका हुन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!