रोहित जयसवाल हत्याकाण्डमा नयाँ खुलासा

पछिल्लाे समाचार

रौतहट गौर निवासी युवक हत्या कांडमा चार जना बिरुद्ध एफ आई आर दर्ज भएको छ ।
बागमती नदीको पुरानो किनारमा पुलको तलबाट बुधवारका दिन हत्या गरी लुकाएको युवकका शवको मामलामा मृतक युवकका आमा नेपालका रौतहट जिल्ला गौर नगर पालिका वड़ा नम्बर ३ निवासी रामाशंकर प्रसाद जायसवालकी श्रीमती सीमा देवीले चार युवक विरुद्ध एफआईआर दर्ज गराएकी छिन।

उनका अनुसार छोरालाई अपहरण गरी नन्दवारा पुल मुनि हत्या गरी शव लाई लुकाउने आरोप लगाएकी छिन् । नेपालका गौर वड़ा नंबर दुई बस्ने पुर्वी चम्पारण जिल्लाका ढाका थाना क्षेत्रका दलपत बिसंपूर निवासी रुद्र सिंह चौहान उर्फ इंद्रजीत सिंहका छोरा पृथ्वी सिंह चौहान उर्फ लक्ष्य सिंह चौहान उर्फ लक्की, गौर वार्ड-५ निवासी राजू मिश्राका छोरा विवेक मिश्रा, गौर वार्ड ८ निवासी धीरज झा र सर्लाही जिल्लाका खैरवा निवासी वर्तमानमा गौरका जनक बोर्डिंग स्कूलका छेउमा बस्ने परमानन्द यादवका छोरा राहुल यादव र अन्य एक माथि मृतकका आमा आरोप लगाएकी छिन ।

सबै आरोपी मंगलवारका दिन उनका छोरा २६ वर्षीय रोहित जायसवाललाई घरमा बोलाऊन आएका थिए । यधपि पछि घर नफर्किने क्रममा बिभिन्न ठाउँ नातागोता सम्म थाहा लगाउँदा कही फेला नपरी बुधवारका दिन बिहान छोराको शव बैरगनिया थानाको नन्दवारा पुल नजिकै फेला परेको थियो ।

मृतकका आमा आरोपित गर्दै भनिन की म पुरै विश्वस्त छू की उनीहरुले नै मेरा छोराका हत्यारा हुन । उनीहरु कै समूह मिली मेरा छोरालाई अपहरण गरी हत्या गरेको हो । थानाध्यक्ष रणवीर कुमार झाका भनाइ अनुसार हत्यामा संलग्न रहेका एक जाना लाई पक्राउ गरी आवश्यक कार्यवाहीका लागि राखेका छौ । हत्या मामलामा संलग्न रहेका अन्यलाई छिटो भन्दा छिटो पक्राउ गर्न बिभिन्न ठाउँमा चेकजाँच भइरहेको थानाध्यक्षले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!