राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

घोराही २५गते
दाङको घोराहीमा गैरदलित बाहुन क्षेत्रीहरुको सहभागीतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ ।

जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले दलितहरुमाथिको अत्याचार नरोकिए दलित आन्दोलनले जस्तोसुकै मूल्य चुकाउन अब पछि नहट्ने चेतावनी दिए । अभियानका पुर्वी संयोजक राजेश विद्रोहीले ७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक पटकको परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर समेत गरे ।

जागरण अभियानका दाङ जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उदघोषक गैरदलित समुदायबाट सशक्त समाजिक अभियनता विष्णु देवकोटाले गरेका थिए ।

यस्तै अतिथिहरुमा प्रेम बीस, जोगिन्दर बिश्वकर्मा, निर्मला बिक, सप्तरी संयोजक प्रथमलाल राम, बाँके संयोजक प्रेम बैगार, सचिन गन्दर्भ, खड्क बुढाथोकी लगायतका थिए । हजारौंको संख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो पहिचान र संस्कृति झल्किनेगरी बाजागाजा सहित नगर परिक्रमा गर्दै सभास्थल पुगेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कलाको प्रस्तुति पनि प्रस्तुत भएको थियो । उक्त जागरण सभामा गैरदलित समुदायबाट सुनिल देवकोटा, प्रकाश श्रेष्ठ, सरोज शाह, भव डाँगी, राजु खनाल, अनिता देवकोटा, शंकर डाँगी लगायतको सहमभागिता समेत थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!