राैतहटकाे मर्यादपुर एकीकृत दलित बस्ती भव्य रूपमा उदघाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रामप्रवेश बैठा,राैतहट,माघ ०१ गते
राैतहट जिल्लाकाे माैलापुर नगरपालिकामा रहेकाे मर्यादपुर एकीकृत दलित बस्ती भव्य रूपमा उदघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नेकपा एमाले उपमहासचिव नेता प्रदिप ज्ञवालीले समुदघाटन गर्नु भएको थियाे । माैलापुर नगरपालिका द्वारा निर्मित नगरकाे गाैरव आयाेजना रहेकाे छ । माैलापुर नगरपालिकाकाे वडा नम्बर २ मर्यादपुर टाेलमा साे दलित बस्ती निर्माण पश्चात् उदघाटन गरिएको हाे ।

उदघाटन कार्यक्रमकाे अध्यक्षता नगरप्रमुख रिना कुमारी साहले गर्नु भएको थियोे भने प्रमुख अतिथी काे रूपमा नेकपा एमालेका नेता प्रदिप ज्ञवाली रह्नु भएको थियाे । कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह रह्नु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य माैलनपुर नगरपालिकाका उपमेयर गाैरीशंकर जयसवालले राख्नु भएको थियाे भने कार्यक्रम सञ्चालन मनाेज यादवले गर्नु भएको थियाे ।

मर्यादपुर २५ जना दलित चमार समुदायका मानिसहरूकाे दुईकाेठे पक्की भवन निर्माण पश्चात आज उदघाटन गरि हस्तान्तरण गरिएको हाे । स्थानीय सरकार बनेपछि आर्थिक वर्ष २०७४/७५ देखि २०७८ माघ १ मा निर्माण भएपछि आैपचारिक रूपमा उदघाटन गरिएको हाे ।

साे कार्यक्रममा सामुदायिक बिधालयमा ल्यापटप वितरणकाे लागि शिक्षा संयाेजक चन्देश्वर साह लाई जिम्मा लगाईएकाे थियाे । त्यस्तै ल्याण्ड पाेलिङ्ग मार्फत भएको घडेरीकाे लालपुर्जा वितरण,खेलकुद सामाग्री वितरण,स्वास्थ्य स्वयंसेविकाहरू लाई र कलाकारहरू लाई माेबाईल वितरण गरिएको थियाे । दलित बस्तीकाे बारेमा माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराउनु भएको थियाे ।

नगरपालिकाले एउटा घर सातलाख ५० हजारको दरले निर्माण गरेर शनिबार समुदायलाई हस्तान्तरण गरेको हो। एक करोड ८७ लाख ५० हजारको लागतमा एकीकृत दलित बस्ती निर्माण गरिएको मौलापुर नगरपालिकाकि मेयर रिनाकुमारी साहले जानकारी दिइन्।

दुई वटा कोठा, शौचालय, धारासहितको घर निर्माण गरिएको हो। मुख्य सडकमा सात धुर र भित्र ८ र ९ धुर जमिनमा घर बनाइ फुसको घरमा बस्दै आएका चमार समुदायलाई घर हस्तान्तरण गरिएको हो।

शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती विकास, नगरपालिकाको कार्यालय स्थापना जस्ता दीर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाखको लगानीमा जमिन खरिद गरिएको नगरपालिकाले जनाएको छ। मौलापुर नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन विभिन्न वडामा खरिद गरेको छ।

साे अवसरमा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा,कटहरिया नगरप्रमुख सियाराम कुशवाहा,
जिल्ला अध्यक्ष तुल्सीराज गिरी,प्रदेश २ सह ईन्चार्ज सुमन राज प्याकुरेल, सहित नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!