नगर प्रमुख अजय कुमार गुप्ताले लामो समयको संघर्ष पश्चात मधेशी जनताको सपना भयो

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट ४ माघ
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले लामो समयको संघर्ष पश्चात मधेशी जनताले पहिचान सहितको उपलव्धि पाएको बताउनु भएको छ ! उहाले मधेशको लागि आफ्नो जीवनको आहुति दिने वीर मधेशी सपुतको सपना साकार भएको दावी गरे !

गौर नगरपालिकाको आर्थिक सहयोगमा आज देखि शुरु भएको निशुल्क लोक सेवा आयोग तयारी कक्षाको उदघाटन समारोहमा सम्वोधन गर्दै बर्षौ देखिको संघर्षको सफलता मधेशी जनताले प्रदेशको नाम मधेश प्रदेशबाट प्राप्त गरेको उल्लेख गरे !

आफ्नो राजनीतिक शुरुवात नै नेपाल सदभावना पार्टीको भात्री संगठनबाट भएकोले मधेश प्रदेश तथा स्थायी राजधानी जनकपुर धाम भएकोमा हर्षित भएको बताए ! मधेश आन्दोलनमा जीवनको बलिदानी दिएका वीर मधेशी शहिद प्रति श्रदान्जली अर्पण गर्दै मधेशी जनताले विश्व सामु आफ्नो पहिचान बनाउन सफल भएकोमा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरे !

नगरपालिकाले लोकसेवा आयोगबाट प्रति स्पर्धा गरेर स्थायी जागिर लिन थप बल प्रदान गर्ने उदेश्यले निशुल्क लोकसेवा आयोगको ५५ दिने कक्षा संचालन गरेको बताउदै विभिन्न निकायमा दिइने आरक्षणको श्रय मधेश आन्दोलन रहेको जिकिर गरे ! उहाले युवाहरु देशको विभिन्न परिवर्तनको लडाई मा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र भविष्यमा पनि गर्दै जाने भनि विश्वास व्यक्त गरे ! उनले थपे युवाको विना परिवर्तन सम्भव रहेको छैन ! मधेश प्रदेश भएकोले गर्बका साथ मधेशी हु भन्न सकिने मौका मिलेको बताए !

कोरोना भाइरसको तेस्रो लहरको संक्रमण तिब्र रुपमा बढ्दै गएकोले नेपाल सरकारले शुरु गरेको कोभिड १९ विरुद्धको खोपको तेस्रो डोज लगाउन सवैमा आपिल गरे !
जनता समाजवादी पार्टी नेपालका नेता रामेश्वर प्रसाद यादवले मधेश प्रदेशको नामले मधेशी जनताले देखेको बर्षौको सपना पुरा भएको बताएका छन् !

मधेशी जनतालाई पहिचान स्थापित गर्नमा भूमिका निर्वाह गरेका प्रदेश सभा सदस्य प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै नेता यादवले मधेशी शहितको सपना प्रदेश सरकारले पुरा गरेकोमा हर्षित भएको बताए !

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!