सिके राउतलाई बढी न उफ्रिन मन्त्री रेणु यादवको चेतावनी

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


माघ ५ गते
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मधेशी जनताको एउटा सपना पुरा भएको बताएकी छिन् ।
प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाई भन्दा बढी बहुमतले पारित भएपछि मधेश प्रदेश नामाकरणले मधेशी जनताको एउटा ठुलो सपना पुरा भएको मन्त्री यादवले बताएकी छिन् ।
रौतहटको सदरमुकाम गौरको ब्यारेक फिल्डमा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघको जिल्ला स्तरीय युवा भेलालाई आज प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मधेश आन्दोलनको बलमा प्रदेश २ को नाम मधेश प्रदेश राख्न सफल भएको बताएकी छन् ।
जनता समाजवादी पार्टी नेपालको कार्यकारीणी समिति सदस्य समेत रहेकी मन्त्री यादवले मधेश र मधेशी जनताको हक अधिकारका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विगतका दिनमा भएको मधेश आन्दोलन र आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहिदको बलीदानीको बलमा मधेशी जनताले बल्ल आफनो पहिचान र स्वभीमान पाएको बताईन ।
मधेश आन्दोलनका कारण मधेशी जनताले अन्तराष्ट्रिय जगतमा नै पहिचान पाएको उनले बताइन ।
मधेश आन्दोलनको बलमा मधेशी जनताले मधेश प्रदेश पाएको, यसले अन्तराष्ट्रिय जगतमा नै मधेशीको पहिचान भएको, सरकारी जागिरमा मधेशीले मधेशी कोटाबाट एसपी, सिडियो, सचिवसम्म बन्न पाउनु मधेशीको लागि गर्वको विषय रहेको उनले बताइन ।
अहिले प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै बाँकी रहेका मधेशी, थारु, आदिबासी, जनजाति, मुस्लिम लगाएत समुदायको अधिकारका लागि आफुहरुको आन्दोलन जारी नै रहने उनले बताईन ।
आफनो आन्दोलन हरेक जातजाति र समुदायको सम्मन अधिकार एवं पहिचानका लागि लागि भइरहेको बताउँदै मन्त्री यादवले अधुरो रहेको संविधानमा मधेशी, थारु, आदिबासी, जनजाति, मुस्लिम लगाएत समुदायको अधिकार नदिएसम्म जसपा संघर्षमा नै रहने बताईन ।

एक अर्को प्रसंगमा बोल्दै यातायात मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई बढी फुर्ति नदेखाउन र बढी न उफ्रिन चेतावनी दिएकी छिन ।
आफना सबै माग र मुदा विर्सेर केपी शर्मा ओलीको शरणमा पुगेका सिके राउतसँग अहिले कुनै एजेण्डा नै नरहेको र उनी विना कुनै मुद्दा एवं एजेण्डाको राजनिती गरी आन्दोलनको नाममा जनतालाई ठग्ने काम मात्र गरिरहेको उनले बताइन ।
मधेशीको लागि लडदा लडदै ओलीको खुट्टा समातेको राउतसँग अहिले कुनै एजेण्डा नै नरहेको उनले बताइन ।
किसान आन्दोलनको नाममा अहिले राउतको पार्टी मधेशमा आतंक मच्चाएको र सोझा साझा मधेशी जनतालाई तर्साउने काम गरेको उनले बताइन ।
आन्दोलन र जनकारवाहीको नाममा मधेशी जनतालाई आतंकित र त्रसित नबनाउन आग्रह गर्दै मन्त्री यादवले बढी उफ्रिन खोजे जसपाले सिके राउतलाई राम्ररी सवक सिकाउन समेत बेर नलगाउने चेतावनी दिए ।
जसपा तुफान रहेको र तुफानसँग भूलेर पनि नलाग्न उनले राउतका कार्यकर्ताहरुलाई चेतावनी दिएकी छिन् ।
रौतहटको लालबकैया र बागमति नदिमा अधुरो रहेको दर्जनौ पुलहरुको निर्माण कार्य समयमै सकाउन आफु प्रयासरत रहेको समेत उनले बताइन ।
टिकुलीया घाट स्थित लालबकैया नदिमा वर्षैदेखी अधुरो रहेको पुल निर्माणको काम द्रुत गतिमा अगाडि बढाउने समेत उनले आश्वासन दिइन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!