कोरोना संक्रमणमुक्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले काममा फर्किऐ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

काठमाडौं, १० माघ । कोरोना संक्रमणमुक्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले काममा फर्किएका छन् । उनी आजबाट मन्त्रालयको नियमित काममा फर्किएका हुन् । हिजो (आइतबार) गरिएको पिसिआर परीक्षणमा मन्त्री आलेको रिपोर्ट नेगेटिभ आएको थियो ।

संक्रमणमुक्त भएको भोलिपल्ट अर्थात आजैबाट उनी काममा फर्किएका हुन् । पछिल्लो समय उनको कामलाई लिएर जनस्तरबाट व्यापक प्रशंसा आईरहेको छ । खासगरी उनले नारायणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया बनाउन नदिने निर्णय गराउनेदेखि पशुपति क्षेत्र विकास परिसरमा रहेको धर्मशालामा चलाईएको होटलबारे कडा कदम चालेका छन् ।

पर्यटनमन्त्री भएदेखि नै आलेले देखिनेगरि सुधारका थुप्रै कामहरु गरेका छन् । त्रिभुवन विमास्थलको आन्तरिकतर्फ यात्रुहरुलाई गोल्डेन गेटबाट विमानस्थलसम्म निःशुल्क सटल बस सेवा सञ्चालनदेखि थुप्रै सुधारको काम गरेका छन् ।

आलेले मन्त्रीको पदभार सम्हाल्दै गर्दा पनि आफूले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने घोषणा गरेका थिए । नभन्दै उनले आफूले घोषणा गरेबमोजिम एक्शनमा आफूलाई खरो उतारेका छन् । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचोमात्रै औंल्याएका छैनन् । नजिता निस्किनेगरि काम पनि गरिरहेका छन् ।

मन्त्री आलेले निगम सुधारको लागि पनि द्रुत गतिमा काम गरिरहेका छन् । निगको कार्यालयमा पुगेर उनले निगमको वृद्धि र विकास हुनेगरि काममा खट्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

त्यस्तै, पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र) ठेकेदारकै मिलेमतोमा जारी भएको पाइएपछि मन्त्री आलेले आफ्नो ठाडो आदेशमा बोलपत्र सूचना रद्ध गराएका छन् ।

उनले आफू पदमा जति समय रहेपनि देशको हित हुनेगरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!