नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न निकुञ्जका सहायक वार्डेन जिम्मा

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

चितवन १० गते माघ

चितवन । सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत) लाई जिम्मेवारी तोकेको छ ।

अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए ।

निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले गैंडा मरेको थियो । नालाको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर गैंडा मरेको हो ।

नाला खनेर महिनौँसम्म यत्तिकै छाड्दा यो सडकखण्डमा दुर्घटनाको जोखिम छ । गैंडा मरेको ठाउँ निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पर्ने भएकाले नाला निर्माणमा सडक डिभिजनको लापरबाही देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य बताउँछन् ।

मध्यवर्ती क्षेत्रमा कंक्रिटको नाला बनाउन निकुञ्जको स्वीकृति पनि नलिइएको उनले बताए । ‘सडकले अनुमति नलिई काम गर्‍यो । ठेकेदारले काम गर्दा विचार पुर्‍याएन, लापरबाही गर्‍यो’, उनी भन्छन्, ‘मध्यवर्तीमा काम गर्दा निकुञ्जको अनुमति वा स्वीकृति लिनुपर्ने थियो । त्यो देखिएन ।’ लापरबाही गर्नेलाई मुद्दा चलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्ने उनले बताए । ‘अहिले हामीले अनुसन्धान गर्छौँ, मुद्दा चल्ने/नचल्ने भन्ने विषयमा चाहिँ सरकारी वकिलले निर्णय गर्नुहुन्छ’, उनले भने, ‘अनुसन्धानलाई अघि बढाउन सहायक वार्डेनलाई अनुसन्धान अधिकृत तोकेको छु ।’

लापरबाहीकै कारण गैंडाको मृत्यु भएको भन्दै लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने संरक्षणकर्मीहरूले बताएका छन् । सन् २०२१ को गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिंगै गैंडा छन् ।

तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा छन् । यस आर्थिक वर्ष २०७८/७९ को हालसम्म २२ वटा गैंडाको मृत्यु भइसकेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!