भारतको ७३औं गणतन्त्र दिवसमा दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

काठमाडौँ — काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार भारतको ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । भारतीय राजदूतावासका अनुसार सोही कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ हजार रुपैयाँसहित कम्बल वितरण गरेर सम्मान व्यक्त गरेका थिए ।
मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘स्वतन्त्रताको अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

उक्त महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरूको आयोजना गरिनेछ । नेपालमा उक्त महोत्सव मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरू यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गणतन्त्र दिवसमा भारतलाई नेपालबाट शुभकामना सन्देश
भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना सन्देश पठाएको छ । उक्त अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले शुभकामना सन्देश पठाएका हुन् । राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई, प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीलाई र परराष्ट्रमन्त्री खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरलाई छुट्टाछुट्टै शुभकामना सन्देश पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा भारतका राष्ट्रपति कोविन्दको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । साथै, राष्ट्रपति भण्डारीले स्वतन्त्रताको अमृत महोत्सवका रूपमा मनाइँदै आएको भारतको स्वतन्त्रताको ७५औं वर्षगाँठको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक-आर्थिक विकासमा भारतको उल्लेखनीय उपलब्धि‚ प्रविधि र नवप्रवर्तनमा प्रभावकारी प्रगतिको प्रशंसा गरे । देउवाले आगामी दिनमा पनि सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री खड्काले भारतीय विदेशमन्त्री जयशंकर र भारतीय नागरिकलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!