जिल्ला प्रशासन कार्यालय, मलंगवाले अन्य कार्यालयबाट कर्मचारी थपेर सेवा दिन थाले

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

सर्लाही माघ २१गते नागरिकता बनाउन एक महिनासम्म पालो पर्खिनुपर्ने भएपछि कारगारका ७ कर्मचारी झिकाएर सेवा चुस्त बनाउने प्रयास कर्मचारी अभावका कारण नागरिकता पाउन सेवाग्रहीले एक महिना लामो पालो कुर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय, मलंगवाले अन्य कार्यालयबाट कर्मचारी थपेर सेवा दिन थालेको छ ।

प्रशासनमा सेवाग्रहीको चाप नघटेपछि कामविहीन अवस्थामा रहेका जिल्ला कारागारका ७ कर्मचारीलाई झिकाएर प्रशासनको सेवा चुस्त बनाइएको हो ।अहिले आवेदन दिएकै दिनमा नागरिकता पाउन सकिने भएको सेवाग्राहीको भनाइ छ । तर कार्यालयमा भीड भने अझै उस्तै छ ।

दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्रहीले सास्ती खेप्न बाध्य भएका हुन् । कार्यालयमा नागरिकता, राहदानीलगायत बनाउन पुगेका सेवाग्रहीले आवेदन दिन नै ४ दिनसम्म लाइन बस्नुपरेको र बनिसकेर कागजात हातमा पर्दा एक महिनासम्म लागेको गुनासो सुनिएको थियो । कर्मचारी थपिएपछि आवेदन दिएकै दिनमा नागरिकताको प्रतिलिपि पाएको कविलासी नगरपालिका–१ पिपरियाकी ६८ वर्षीया बैदेही देवीले बताइन् ।

‘पहिला लामो समयसम्म लाइन बस्नुपर्ने सुनेपछि प्रतिलिपि बनाउन आएकी थिइनँ, अब एक दिनमै बन्ने भएपछि आएकी हुँ,’ उनले भनिन्, ‘पहिला सुनेको जस्तो अहिले सास्ती खेप्नुपरेको छैन ।’ प्रशासन कार्यालयका अनुसार ३ अधिकृतको दरबन्दी रहे पनि लामो समयदेखि २ जना मात्रै कार्यरत छन् । नायव सुब्बाको १० दरबन्दी रहेकामा ३ जना र खरिदारको ५ दरबन्दी हुनुपर्नेमा ३ जना मात्रै खटिएका छन् ।

कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवाग्रहीले सास्ती खेपिरहेको जानकारी विभागलाई गराएपछि एक अधिकृत पठाएको थियो । तर त्यसपछि पनि समस्या समाधान नहुने देखेर आन्तरिक रूपमा व्यवस्थापन गरी कारागारका ७ कर्मचारीलाई बोलाएर खटाइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । यसअघि नागरिकता लिन टोकन वितरण गर्दै आएकोमा अहिले उक्त व्यवस्था हटाइएको उनले जानकारी दिए ।उनका अनुसार सम्भव भएसम्म एक दिनमै नागरिकता दिने व्यवस्था मिलाइएको छ । समय अभावले नभ्याइए भोलिपल्ट पहिलो सत्रमै नागरिकता दिने गरिएको छ ।

सेवाग्राहीलाई थप सहजताका लागि गोडैता र हरिपुर नगरपालिकाबाट समेत एक/एक जना कर्मचारी ल्याउने सम्बन्धमा छलफल गरिरहेको उनले बताए । अब २ जना कर्मचारी थपिएसँगै केही घण्टामै सेवाग्रहीले नागरिकता पाउने उनले विश्वास व्यक्त गरे । ‘नागरिकता लिन फागुनसम्मको कुपन बाँडिसकिएको थियो । भीडले सेवाग्रहीलाई सास्ती भएकोमा हामी जानकार पनि थियौं । यस्तोमा कारागारका कर्मचारी ल्याएर सेवामा सहजता थप्ने प्रयास गरेका हौं । सोहीअनुसार काम धमाधम भइरहेको पनि छ,’ उनले भने ।

विद्यालय बन्द भएकाले त्यही मौकामा उमेर पुगेका विद्यार्थीहरू नागरिकता बनाउन र नजिकिँदै गरेको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन पनि नागरिकता चाहिने भएकाले प्रशासनमा सेवाग्रहीको भीड बढेको हो । जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने चाप बढेको हो । यसअघि कर्मचारी अभावका कारण दिनमा सय जनाजतिले मात्र नागरिकता पाउँदै आएकोमा अहिले साढे २ सय जना जतिले नागरिकता पाइरहेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!