बेमौसमी वर्षाले राैतहटमा रहेका ईट्टा व्यवसायहरुको कराेडाैं मुल्य बराबरका काचो ईट्टा नष्ट

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


राैतहट,माघ २१ गते
बेमौसमी वर्षाले राैतहटमा रहेका ईट्टा व्यवसायहरुको कराेडाैं मुल्य बराबरका काचो ईट्टा नष्ट भएको छ । बिहिवार रातिदेखि भएको वर्षाका कारण राैतहट जिल्लामा मात्रै २० कराेडकाे काँचो ईट्टा गलेर नष्ट भएको ईटा व्यवसायी संघका राैतहटका अध्यक्ष बिनाेद जयसवालले बताए ।

काँचो ईट्टाको बिमा नहुदा जिल्लाका सबै ईट्टा व्यवसायी मर्कामा परेको उनले बताए । बिमाकै कारण व्यवसायीहरु वर्षेनी करोडौंको नोक्सान व्यहोरीरहेकाले बिमाको सुविधा माग गरेका छन् । बिमा माग गर्दा पनि सरकारले नसुन्ने गरेकाे गुणासाे गरे ।
ईट्टा तयार गरी भट्टीमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पानी पर्दा कराेडाैंकाे काँचो ईट्टा गलेर नष्ट भएको हो । जिल्ला भरीमा प्राप्त तथ्यांक अनुसार कराेडाैं गाेटा काँचो ईँट्टा नष्ट भएको उनको भनाई छ ।
एक दुई दिन भित्रै धेरै ईट्टा उधाेग बन्द हुने जयसवालकाे भनाइ रहेकाे छ ।

जिल्लामा रहेको कुल १६२ वटा उद्योग मध्ये संचालनमा रहेका सबै उद्योगमा काँचो ईट्टा गलेर नष्ट हुँदा व्यवसायीले करोडाैं रुपैयाँको नोक्सानी भएको दाबी गरेका छन् ।
जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर ६ मा रहेकाे एएमआर ईट्टा उधाेगमा मात्रै १० लाख भन्दा बढीकाे क्षति भएको सञ्चालक अरबिन्द कुमार यादवले जानकारी गराए । सरकारले ईट्टा व्यवसायीहरू लाई वेवास्ता गरेका कारण बर्सेनि कराेडाैंकाे क्षति बेहोर्नु परेकाे यादवले गुणासाे गरे । सरकारले यदि काँचो ईट्टाको बिमा गरिदिएकाे भए केही राहत हुने थियाे । बिमाकै कारण व्यवसायीहरु वर्षेनी करोडौंको नोक्सान व्यहोरीरहेकाले यादवले पनि बिमाको सुविधा माग गरेका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!