मधेसमा हावाहुरीका कारण ३ को मृत्यु, प्रदेश सभाको वार्षिकोत्सव नै स्थगित

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

धनुषा — मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । मृत्यु हुने दुवैजना सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

प्रदेश सभाको वार्षिकोत्सव समारोह स्थगित

तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्‍याएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।

शुक्रबार बिहानैदेखि चलिरहेको हावाहुरीले वार्षिकोत्सवका लागि तयार गरेको पन्डालमा क्षति भएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश सभा संसद सचिवालयले जनाएको छ । प्रतिकुल मौसमका कारण चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको प्रदेश संसद सचिवालयले अतिथि र सांसदहरूलाई एसएमएस गरेर सन्देश पठाएको छ ।

सचिवालयले पठाएको सन्देशमा मौसम प्रतिकुलताका कारण वार्षिकोत्सव स्थगित गरिएको र माघ २३ गते प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले कार्यक्रम स्थगित भएको संसद्‍ सचिवालयका कर्मचारीले बताए । प्रदेश सभा सचिवालय शुक्रबार चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको छ । मधेस प्रदेशमा बिहीबार रातिदेखि वर्षासँगै तीव्र गतिमा हावाहुरी चल्दैछ ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!