रौतहटको माधवनारायण नगरपालिकाको नगर सभाको छैठौं अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

ओम प्रकाश यादव
माघ २१ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाको नगर सभाको छैठौं अधिवेशन सम्पन्न भएको छ ।
माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको सभाकक्षमा नगरपालिकाको छैठौं अधिवेशन शुक्रवार सभ्य एवं भव्य रुपमा सम्पन्न भएको हो ।

नगर प्रमुख विरेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख सिमल कुमारी साहको विशिष्ट आतिथ्यमा नगर अधिवेशन भव्याताका साथ सम्पन्न भएको हो ।
गत असाढ मसान्तमा सम्पन्न भएको नगरपालिकाको पाँचौ नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम थपघट वा संशोधन गर्न छैठौं नगर अधिवेशनको आयोजना गरिएको नगर प्रमुख विरेन्द्र प्रसाद यादवले बताएका छन् ।

यस अघिका नगर सभाबाट पारित भएका नीति, कार्यक्रम तथा योजना अहिले थपघट वा परिवर्तन नगर अधिवेशनद्धारा मात्र गर्नुपर्ने कानुनी व्यवस्था भएको कारण नगरको केही वडाहरुमा योजनाहरु संशोधन गर्नुपर्ने भएकोले नगर अधिवेशन बोलाउनु परेको नगर प्रमुख यादवले बताए ।

यसअघिको नगरसभाबाट विभिन्न वडामा सञ्चालन गर्न पारित भएको योजनाहरु विभिन्न कारणले अहिले सञ्चालन नहुने अवस्था रहेकोले उक्त योजना सञ्चालन नहुँदा त्यस योजनाको बजेट फ्रिज हुने भएकोले बजेट फ्रिज हुन नदिन त्यस योजनाको रकम अर्को काममा खर्च गरेर फ्रिज हुनबाट जोगाउन नगर अधिवेशनको आयोजना गरिएको उनले बताए ।

यस नगर अधिवेशनबाट विभिन्न वडामा यसअघिको नगरसभाबाट पारित भई केही कारणले सञ्चालन हुन नसकेको विकास योजनाहरुलाई संशोधन गर्ने काम मात्र गरिने उनले बताए ।
नगर अधिवेशनमा योजनाहरु संशोधन गर्नु बाहेक यसअघिका नगरसभाले पारित गरेको कुनै पनि शीर्षको बजेट थपघट वा बजेट बाडँफाँड गर्न नमिल्ने नगर उपप्रमुख सिमल कुमारी साहले बताएकी छन् ।

असाढमा सम्पन्न भएको नगरपालिकाको पाँचौ नगरसभाले यस चालु आर्थिक वर्षमा नगरको समग्र विकासका लागि नीती तथा कार्यक्रम कार्यान्वयन गर्न ४० करोड भन्दा बढी बजेट पारित गरेको थियो ।

कार्यक्रममा वडा नं १ देखी ९ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन योजना शाखाका प्रमुख कृषनन्दन यादवले गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!