दिदी–बहिनीले एकैपटक निकाले सरकारी जागिरमा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

वीरगञ्ज – बाराको महागढीमाई नगरपालिका–६ स्थित एकै परिवारका दिदी–बहिनीले एकैपटक लोक सेवामा नाम निकालेका छन्।

पारसनाथ बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कोशिलाकुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका हुन्।दुवै जनाले स्वास्थ्य सेवामा नाम निकालेका छन्।

बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराअन्तर्गत अनमी पदमा र कान्छी छोरी कोशिलाले सोही प्रदेशको स्वास्थ्य सेवाको अहेव पदमा नाम निकालेकी हुन्।

बरैकी जेठी छोरीले तेस्रो पटकको प्रयासमा र कान्छी छोरीले पहिलो पटकमै लोकसेवा पास गरेकी हुन्। छोरी पनि छोराभन्दा कम नभएको भन्दै उनले छोराले गर्ने काम छोरीले पनि गरेर देखाउन सक्ने बरैले बताए।

‘समाजमा छोरीहरू छोराभन्दा कम छैनन् उनीहरूले पनि छोराजस्तै काम गरेर देखाउन सक्छन्,’ उनले भने, ‘छोराजस्तै शिक्षा र अवसर छोरीलाई पनि दिनुपर्‍यो।’

उनले छोरीहरूलाई आफ्नै खुट्टामा उभिने बनाएर मात्रै बिहे गर्ने सोचसाथ अघि बढाएको उनी बताउँछन्। बिहेबारे भने बरैको पनि अलग सोच छ। तराई मधेसमा रहेको दाइजो प्रथाको भने उनी विरोधी हुन्। छोरीको बिहेमा एक रुपैयाँ पनि दाइजो नदिने बरैको भनाइ छ।

बरैले दाइजोको नाममा मानिसलाई खसी–बाख्राजस्तो मूल्य लगाइने गरिएको सुनाए।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!