इशनाथ नगरपालिका बैदेशिक रोजगारमा गएको दुई युवक ठगिको शिकार

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट, २५ माघ । जग्गा दृष्टिबन्ध राखी ऋण लिएर बैदेशिक रोजगारमा गएको रौतहटको दुई युवक ठगिको शिकार बनेका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ८ मनसरी टोलका ३१ बर्षिय शेख शुभान अली र २५ बर्षिय शेख हसिबुल्लाले आयुष ओभरसिज सामाखुशी काठमाडौंलाई जनही दुई लाख रुपैया दिई साउदी अरबको लागि डिसेम्बर ३१ तारिखमा उडान भरेका थिए । श्रम विभागको वेवसाइटमा दुई जनाको साउदी अरबमा श्रम स्वीकृतीमा जाने देखिन्छ तर दुबै जनालाई भिजिट भिसामा उक्त मैनपावर कम्पनीले साउदी पठाएर ठगि गरेको पिडित परिवारले जनाएको हो ।

पिडित परिवारद्धारा मंगलवार गौरमा संचारकर्मीहरु संग भेट गरेर श्रमको लागि साउदी अरब पुगेका दुबै युवकलाई भनिएको काम नदिई मरुभुमिमा ढुंगा फुटाउने र खनजोत गर्ने कार्यमा लगाएको बताए । संजय सुवेदी नामको एजेन्टले सुरुमा राँकी ओभरसिज मार्फत प्रक्रियाहरु अघि बढाएको तर पछि आयुष ओभरसिजको मार्फत भिजिट भिसामा ति दुई युवकलाई साउदी पठाएको पिडित परिवारले संचारकर्मी समक्ष गुनासो पोखिन ।

काँखमा नवजात शिशुलाई लिएर गौर आएकी शुभान अलीको श्रीमती शलेखन नेसाले जग्गा गाउँको साहु महाजनलाई दृष्टिबन्धक गराएर ऋण लिई एजेन्ट संजय सुवेदीलाई २ लाख दिएर पठाएको तर श्रीमान साउदीमा पुगेपछि त्याहाँ भने अनुसारको काम दिन भन्दा उनलाई ढुंगा फुटाउनमा लगाएको र भिसाको म्याद मार्च २ मा सकिएको बताएपछि आफूहरु विचल्लीमा परेको श्रीमानबाट जानकारी प्राप्त भएको कुरा उनले भनिन ।

श्रीमान कम पढेलेखेको हुँदा भिसा पनि देखाएनन, त्यहाँ गएपछि ९० दिन बस्न मात्रै पाउने भनेपछि आफूहरु अहिले घरको न घाँटको भएको आँखाभरी आँसु पार्दै शलेखने यसरी दुखेसो पोखिन । श्रीमानलाई जसरी भएपछि फिर्ता बोलाईदिन आग्रह गर्दैै समय भित्र नआए निकै अप्ठ्यारो हुने भन्दै श्रीमानलाई स्वदेश फर्काउन उनले सम्बन्धित मैनपावर कम्पनी संग आग्रह गरिन ।
शुभान अलि र हसिबुल्लाको २०२१ डिसेम्बर २ तारेखमा भिजिट भिसा लागेको कागजातबाट देखिन्छ उनीहरुलाई २ मार्च २०२२ सम्मको मात्रै म्याद रहेको छ । २ तारेखमा भिजिट भिसा लागेकोलाई मैनपावरले ३१ डिसेम्वरमा दुबैलाई साउदीको लागि उडान भराएका थिए । मैनपावरको चरम हेलचक्रयाईको कारण रौतहटको दुई युवक साउदीमा अहिले अलपत्र अवस्थामा पुगेको आरोप पिडित परिवारले लगाएको छ ।

अर्का पिडित शेख हसिबुल्लाहको बुवा शेख मनिरले आयुष ओभरसिज सामाखुशी काठमाण्डौंले ठगि गरेर मेरो छोरालाई पठाएको हुँदा मैनपावर एजेन्ट संजय सुवेदी सहित सम्बन्धित सबै विरुद्ध आवश्यक कारवाही गरी अलपत्र परेकोलाई स्वदेश फर्काउन नेपाल सरकार संग जोडदार रुपमा माग गरे । एजेन्ट सुवेदी संग कुरा गर्दा उल्टै साउदीमा छोरालाई फोन गरेर डरत्रास देखाउदै आएको छ । एक त ऋण लिएर विदेश पठाउनु, त्यसमा मैनपावरको चरम बदमाशीले गर्दा छोरा अलपत्र परेको, कुरा गर्दा फोन गरेर यातना दिन लगाउनु जस्ता धम्की दिदा आफूहरु अहिले निकै विचल्लीमा परेको मनिरले संचारकर्मी समक्ष रुदै भने । कतै कहि सपि नलाग्दा बाध्य भई संचारकर्मीको शरणमा आएको हुँदा अब मेरो छोरालाई फर्काउन नेपाल सरकार संग गुहार लगाए ।

आप्रवासी श्रोत केन्द्र गौरको सूचना अधिकृत निलु झाले साउदीमा अलपत्र परेका दुबै जनाको परिवारहरु सम्पर्कमा आएपछि सबै कागजातको अध्ययन एवं अनुसन्धान गर्दै जाँदा श्रम विभागले श्रम स्वकृति गरेको पाइन्छ तर आयुष ओभरसिजले भिजित भिसामा पठाएर दुबै युवकलाई अध्यारोमा पारेको भनिन । २ मार्च सम्म भिसा अवधी रहेको हुँदा दुबै जनालाई स्वदेश फर्काउनका निमित्त आयुष ओभरसिजका एजेन्ट संजय सुवेदी संग कुरा गर्न खोन्दा अहिले उनी सम्पर्क विहिन बनेको अवस्था रहेको बताइन । समय अविधी भित्र नफर्किएमा उनीहरु निकै अप्ठ्यारोमा पर्ने भएको हुदा तिनीहरुलाई स्वदेश फर्काउनुको कुनै विकल्प नरहेको उनले स्पष्ट पारिन । स्रोत तराई टप

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!