स्थानीय तहका जनप्रतिनिधिहरू एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...

रूपन्देही फागुन २गते
स्थानीय तहमा निर्वाचित भएको ५ वर्ष पुरा हुँदै गर्दा स्थानीय तहका जनप्रतिनिधिहरू एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढिरहेको छ।

सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्।

जिल्लाको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरेका हुन्।उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीमा सोमबार स्वागत गरेका छन्।

यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

यादव नेपाली कांग्रेसका नेता एवं रूपन्देहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ हुन्।

यादवले गाउँपालिका अध्यक्षको आफ्नो ५ वर्षे कार्यअवधिमा तुलनात्मक रुपमा आलोचना खेप्नु नपरे पनि केवट भने सुरुदेखि नै आलोचित बन्दै आएका थिए।

गतसाता मात्रै अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर भएका रजत प्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेका थिए।

गत साता नै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बल्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

स्थानीय तह निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि नेकपा एमालेमा प्रवेश गरेका थिए।

पत्नी पल्लवी शुक्लालाई लिएर एमाले प्रवेश गरेसँगै एमालेले पल्लवीलाई रुपन्देही क्षेत्र नम्बर ४ ’ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो। यद्दपी उनी पराजित भएकी थिइन्।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!