राजदेवी नगरपालिका नगर प्रमुख धिरेन्द्र सिंहद्वारा १५ सैयाको नगर अस्पतालको शिलान्यास

पछिल्लाे समाचार


रौतहट फागुन ०७ । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा १५ सैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको संयुक्त सहभागितामा देशभरका स्थानीय तहहरुमा नगर अस्पतालको शिलान्यास हुदै गर्दा राजदेवी नगरपालिका वडा नं.५ हजमिनिया पताहीमा पनि शनिबार आज एक कार्यक्रमको आयोजना गरि नगर अस्पतालको शिलान्यास गरिएको हो ।
कार्यक्रम प्रमुख अतिथि एवं राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र सिंहले नगर अस्पतालको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख सिंहले अस्पताल शिलान्यास गर्न सफल हुनुमा आफुहरु गैराम्वित बताए ।
उनले भने, ‘यस अस्पतालको शिलान्यास सम्पन्न भएसंगै अब अस्पताल निर्माणले यहाँका स्थानीयहरु सानो–सानो बिरामीको उपचारको लागि अन्यत्र ठुला अस्पतालहरु धाउनु पर्नेछैन र अन्यत्र अस्पतालमा गएर उपचार गराउँदा हुने खर्चको समेत बचत हुनेनैछ ।’
प्रमुख अतिथि सिंहले अस्पताल शिलान्यासमा सम्पूर्ण राजनीतिक दल, समाजशेवी, बुद्धीजीविहरुको पूर्ण रुपमा साथ र समर्थन रहेको भन्दै अस्पताल निर्माणको काम चाडै नै सम्पन्न हुने बताए ।
कार्यक्रममा प्रजिअ कृष्ण बहादुर शाही, नेपाल प्रहरीका प्रहरी निरीक्षक सुशील पाण्डे, शस्त्र प्रहरीका नायब निरीक्षक, लोसपा नेता अनिल सिंह, राधेश्याम साह, नि.प्रमुख प्रशासकीय अधिकृत सुबोध साह, लेखाप्रमुख नागेन्द्र साह लगायत दर्जनौं नेता, कार्यकर्ता भद्रभलादमी, स्थानीय बुद्धिजीवीहरुको उपस्तिथि रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!